मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १८:०९:००
Read Time : < 1 मिनेट
समाचार

सशस्त्रका ६ एसएसपी डिआइजी बढुवामा सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १८:०९:००

सशस्त्र प्रहरीका ६ जना एसएसपी सोमबार डिआइजीमा बढुवा सिफारिस भएका छन् । गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सशस्त्रका एसएसपीहरु केवी व्रमाचार्य, वंशिधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र बस्नेतलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने सबै पुरानो ब्याचका एसएसपीहरु रहेका छन् । बढुवाका लागि नयाँ ब्याचबाट प्रयास भए पनि अन्तमा पुरानै ब्याचबाट डिआइजीमा बढुवा भएको हो । वरियतामा अघि भए पनि डिआइजीमा बढुवा हुन आवश्यक पर्ने 'हाई लेभल म्यानेजमेण्ट' तालिम नहुँदा एसएसपी हरिशचन्द्र अधिकारी सिफारिसमा परेनन् ।