१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ १३ सोमबार १७:५१:००
Read Time : < 1 मिनेट
समाचार

एनसेलकाे टावरमा आगजनी

Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार १७:५१:००

ओखलढुंगामा अज्ञात समूहले टेलिफोन टावरमा आगजनी गरेको छ ।

जिल्लाको चिशंखुगढी गाउँपालिका–३ स्थित कोटगढी डाँडामा रहेको एनसेलको टावरमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको हो । आगलागीका कारण चिशंखुगढी आसपासका क्षेत्रमा एनसेलका टेलिफोन सेवा अवरुद्ध भएका छन् ।

आगलागीबाट टावरमा रहेको चार थान इन्भर्टर, दुईवटा सोलार प्यानल र तारहरू जलेको प्रहरीले जनाएको छ । आगलागीबाट एनसेलको टावरसँगै रहेको सिडिएमए टेलिफोनका टावरका तारहरू पनि जलेका छन् । विष्फोटसमेत भएकाले घटनामा नेकपा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ ।

घटनास्थलमा खानी भञ्ज्याङबाट गएको जनपद प्रहरी र सशस्त्र प्रहरीको टोलीले अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए । आगलागीका कारण एनसेलको टावरमा के कति क्षति भयो भन्नेबारे मूल्यांकन भइनसकेको पनि उनले बताए ।