मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १७:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राजनीतिक पार्टीबाट अलग्गिए सभामुख सापकोटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १३ सोमबार १७:४८:००

लिएर कार्यभार सम्हालेका अग्नि सापकोटाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सदस्यबाट अलग्गिएको बताएका छन् । सोमबार सभामुखमा सपथ ग्रहण गरेपछि विज्ञप्ति जारी गर्दै सापकोटाले राजनीतिक दलको सम्पूर्ण जिम्मेवारीबाट अलग रहेको उल्लेख गरेका छन् ।

सभामुखको भूमिकालाई स्वतन्त्र र निष्पक्ष भई निर्वाह गर्न राजनीकि पार्टीबाट अलग भएको सापकोटाले बताए । ‘पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अब उप्रान्त आजैको मितिबाट मेरो संलग्नता नरहेको व्यहोरासमेत अनुरोध गर्दै उक्त राजनीतिक दलको सदस्यबाट पनि म अलग रहेको जानकारी गराउँदछु,’ सभामुख सापकोटाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद तथा नेकपा स्थायी कमिटी सदस्य थिए । सभामुखमा एकल उम्मेदवार रहेका सापकोटा आइतबार निर्विरोध निर्वाचित भएका थिए ।