Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७६ माघ १३ सोमबार १७:२६:००
Read Time : < 1 मिनेट
समाचार

विद्यार्थी हत्या अभियाेगमा शिक्षकलाई दश वर्ष कैद

Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार १७:२६:००

कञ्चनपुर भीमदत्त नगरपालिका १७ मझगाउँस्थित महाकाली बाल विद्यालयका छात्र माधव कलौनीको मृत्यु प्रकरणमा कञ्चनपुर जिल्ला आदालतले एक शिक्षकलाई १० वर्ष कैद सजाय तोकेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रिन्सिपल सहित अन्य दुई शिक्षकलाई भने सफाई दिएको छ ।

सोमबार जिल्ला न्यायाधीश गोपालप्रसाद बास्तोलाको एकल इलासले शिक्षक लक्ष्मणदत्त भट्टलाई १० बर्ष कैद फैसला गरेकाे हाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरजप्रसाद बोहरा, प्रिन्सिपल यशोदा जोशी र शिक्षकद्वय दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई सफाई दिएको छ । जिल्ला आदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले सात महिनामा यस मुद्दाको फैसला भएको बताए । १० बर्ष सजाय तोकिएका शिक्षक भट्टले पुनरावेदन गर्न पाउने छन् । 

२५ असारमा मृतक माधवका मामा पुष्पमणी जोशीले अध्यक्ष बोहरा, प्रिन्सिपल जोशी सहित तीन शिक्षक बिरुद्ध ज्यान सम्बन्धी कसुर मुद्दा दायर गरेका थिए । 
यसअघि २१ साउनमा न्यायाशीध बास्तोलाकै इजलासबाट अध्यक्ष बोहराबाट एक लाख, प्रिन्सिपल जोशीबाट तीन लाख धरौटी लिन आदेश भएको थियो । तीनै जना शिक्षक लक्ष्मणप्रसाद भट्ट, दुर्गादत्त पाठक र हर्कबहादुर जाग्रीलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिइएको थियो ।

बैतडी शिवनाथ गाउँपालिका २ सर्मली घर भएका कलौनी भीमदत्त नगरपालिका ५ बनगाउँस्थित मामाघरमा बसेर अध्ययन गर्दै आएका थिए । कक्षा ९ मा अध्ययनरत कलौनी १० असारमा गाउँमै विद्यार्थीबीच भएको झगडाको विषयलाई लिएर १३ असारमा विद्यालयमा प्रिन्सिपल सहितका शिक्षकले कुटपिट गरेको भन्दै पीडित परिवारले मुदा दायर गरेका थिए ।