मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७६ माघ १३ सोमबार १७:१३:००
Read Time : < 1 मिनेट
समाचार

इटहरीका मेयर द्वारिकलालले हटाए १२ कर्मचारी, भन्छन् - संघले पठाउँदै गर्छ, हामी हटाउँदै गर्छाैं

Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार १७:१३:००

इटहरी उपमहानगरपालिकामा करार तथा ज्यालादारीमा काम गर्ने १२ कर्मचारी  हटाइएको छ ।

अधिकांश स्वास्थ्य सेवाका कर्मचारीको करार नवीकरण नै नगरेकोले निकालिएका छन् ।

१२ मध्ये नौ जना स्वास्थ्य सेवाका कर्मचारी रहेका छन् । संघीय सरकारले पठाएकाे भन्दै उपमहानगरको खर्च कटौती गर्न हटाएको मेयर द्वारिकलाल चौधरीले बताएका छन् ।

‘केही भ्रष्ट कर्मचारी पनि थिए, यही लटमा विदा गरियो,’ उनले भने, ‘संघले पाठाउँदै गर्छ । हामी यहाँ कटौती गर्दै जान्छौ ।'

ति कर्मचारीकाे पुस मसान्तमा करार सकिएको मेयर चौधरीले बताए ।