मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १३ सोमबार १७:१०:००
Read Time : < 1 मिनेट
समाचार

आफ्नै घोडाले घिसार्दा युवकको ज्यान गयो

Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार १७:१०:००

घोडा चढेर दिदीको घर जाँदै गरेका एक युवकलाई आफू चढेको घोडाले घिसार्दा मृत्यु भएको छ ।

रुकुम पूर्व भुमे गाउँपालिका ४ काँडाका २० बर्षिय नविन बिकको घोडाले घिसार्दा ज्यान गएको हो । आईतबार दिउँसो काँडास्थित आफ्नो घरबाट घोडा चढि दिदीको घर साकिम जाँदै गरेका बुढा घोडामै बाँधेको डोरीमा अल्झिएका थिए । घोडा धेरै दौडिएको र त्यसपछि घोडाबाट झर्न खोज्दा उनको खुट्टा डोरीमा अल्झिएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन् ।

डोरीमा खुट्टा अल्झिएपछि झुण्डिएका बुढालाई झण्डै एक घण्टा जमिनमा घिसार्दै घोडा दौडि राखेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । धेरै बेर घोडाले लतारेका कारण उनको मृत्यु भएको प्रहरीको भनाई छ । घोडाले लतारिरहेको अवस्थामा स्थानीयले उद्धार गरे पनि त्यतिबेलासम्म उनको मृत्यु भईसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीलाई स्थानीयले जानकारी गराएका थिए ।