१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ १३ सोमबार १७:००:००
Read Time : < 1 मिनेट
समाचार

अनुदानको लोभ देखाउँदै कृषकसँग एक करोड ठग्ने युवा पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ १३ सोमबार १७:००:००

किसानलाई अनुदानको लोभ देखाएर करोडाैँ ठगी गर्ने एक जना काठमाडाैंबाट पक्राउ परेका छन् । स्वर्णभूमी कृषि तथा पशुपालन एग्रिकल्चर लिमिटेड कम्पनीकाे नाममा लाखौँ रकम उठाएर फरार भएका मुगु जिल्लाकाे खत्याड गाउँपालिका-२ घर भई हाल वीरेन्द्रनगर ४ बस्ने २५ वर्षीय कर्णसिंह टमाटालाई महानगरीय प्रहरी वृत महारागञ्ज काठमाडाैंले पक्राउ गरेको हो ।

यस्तै, संस्थामा जागिर लगाइदिने, किसानले पालेकाे कुखुरा बिक्री गरिदिने र दैनिक बचत कर्ताबाट उठाएको ५५ लाख ८३ हजार रुपैयाँ ठगेर फरार भएका सिंहले दैलेखलगायत जिल्लाका किसानबाट पनि करोडौं ठगी गरेको आरोप छ । काठमाडाैं बस्दै आएका उनलाई पीडित किसानले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी हरि बहादुर वलीले सयाैँ कृषक, कर्मचारी र जिल्लाका व्यापारीहरुले सिंहविरुद्ध ठगीको आरोप लगाउँदै निवदेन दर्ता गरेकाे बताए । उनले कर्मचारीलाई शेयर सदस्य बनाउने भन्दै प्रतिव्यक्ति ४ लाखसम्म लिएका छन् ।