मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १३ सोमबार १४:४७:००
Read Time : < 1 मिनेट
समाचार

समानताको लडाइँ अझै बाँकी छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १३ सोमबार १४:४७:००

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समानताका लागि राजनीतिक लडाइँ बाँकी रहेको बताएका छन् ।

नेकपाको भातृ सङ्गठन आदिवासी जनजाति महासंघ नेपालको सपथ समारोहमा सोमबार प्रचण्डले विगतमा रहेको सामन्ती र निरङ्कुशतन्त्र समाप्तीको लडाइँ जिते पनि समानताका लागि थप लडाइँ बाँकी रहेको बताए ।

‘जातीय मुक्तीको कुरा साम्राज्यवादीहरुले अघि सारेको तर्कभन्दा फरक छ । कम्युनिस्टले भनेको जातीय मुक्ति, जातीय साम्प्रदायिकता र जातीय सङ्कीर्णताभन्दा भिन्न रहेको छ,’ उनले भने, ‘पूँजीवादीहरू जातीय कुरा गर्दा साम्प्रदायिकताको कुरा गर्छन् । कम्युनिस्टले भनेको जातीय मुक्ती फरक कुरा हो ।’ 

जातीय मुक्तीले विजयी हासिल गरेपछि मात्र समाजवादसम्म पुग्ने बाटो तयार हुने प्रचण्डले बताए ।

‘शोषण उत्पीडनमा परेका वर्ग र समुदायलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावतारण नबनाएसम्म समानताको कुरा गर्नु भ्रममात्र हुन जान्छ,’ प्रचण्डले भने ।