Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका चीन
२०७६ माघ १३ सोमबार ११:२५:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना संक्रमणबाट चीनमा ८० को मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका चीन
२०७६ माघ १३ सोमबार ११:२५:००

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ । २७ सय भन्दा बढी संक्रमित भएका छन् । 

भाइरसको प्रकोप बढेपछि चीनले नौवटा सहर बन्द गरेको छ । हुबेईमा मात्रै मृत्यु हुनेको संख्या ७६ पुगेको छ भने अन्य सहरमा ४ जनाको मृत्यु भएको चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् ।

चीनमा मात्रै २ हजार ७ सय ४४ जनामा संक्रमण भइसकेको छ जसमध्ये ३०० जनाको अवस्था गम्भिर रहेको छ । चीनबाहेक ११ वटा देशमा पनि यसको संक्रमण देखिएको छ । यी देशहरुमा अहिलेसम्म ४१ जनामा भाइरस भेटिएको छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार थाइल्याण्डमा ८, अमेरिकामा ५, सिंगापुर,ताइवान, मलेसिया र अष्ट्रेलियामा ४, फ्रान्स र जापानमा ३, दक्षिण कोरिया र भियतनाममा २, र नेपाल र क्यानडामा १ जना संक्रमित भएको भेटिएको छ । 

अहिलेसम्म चीनबाहिरका मुलुकमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन् । मृत्यु हुनेमा धेरै जसो बढी उमेरका र पहिलेदेखि नै श्वासप्रश्वाससम्बन्धि समस्या भएका मानिसहरु रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।