मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
काठमाडौं
२०७६ माघ १३ सोमबार ०८:३८:००
Read Time : < 1 मिनेट
अर्थ

१४ जिल्लामा नमुना जनगणना हुँदै  

Read Time : < 1 मिनेट
काठमाडौं
२०७६ माघ १३ सोमबार ०८:३८:००

केन्द्रीय तथ्यांक विभागले चैतमा नमुना (पाइलट) जनगणना गर्दै छ । देशका १४ जिल्लाका ५५ स्थानीय तहमा परीक्षणका रूपमा नमुना जनगणना हुन लागेको विभागका महानिर्देशन नेबिनलाल श्रेष्ठले जानकारी दिए । राष्ट्रिय जनगणना ०७६ मा हुँदै छ । ‘त्यसको एक वर्षअघि नै तयारी र परीक्षणका लागि नमुना जनगणना गर्न लागेका हौँ,’ उनले भने ।  

जनगणनाको प्रश्नावली, जनशक्ति, व्यवस्थापन, प्राविधिक पाटो, वित्तीय पक्ष, संयोजनलगायतका विषय परीक्षण जनगणना गर्न लागिएको हो । केन्द्रीय तथ्यांक विभाग जनसंख्या शाखा प्रमुख ढुण्डिराज लामिछानेका अनुसार नमुना जनगणनाले राष्ट्रिय जनगणना तयारीलाई सहयोग पुर्‍याउनेछ । ‘माघ र फागुनभर आवश्यक जनशक्तिलाई तालिम दिने र अन्य व्यवस्थापकीय तयार हुनेछ,’ उनले भने ।

चैतको ९ देखि २३ गतेसम्म हरेक घरमा पुगेर गणना गर्ने काम हुनेछ । यसबाट राष्ट्रिय जनगणनाका लागि गर्नुपर्ने आवश्यक सुधार पत्ता लाग्नेछ । परीक्षण जनगणनाका आधारमा प्रश्नावली सुधार गर्नेदेखि सहभागिता हुने–नहुनेलगायतका प्रक्षेपणलाई आधार बनाएर आवश्यक सुधार थालिनेछ । विभागले परीक्षण जनगणनाका लागि सातवटै प्रदेश सदरमुकाम रहेका जिल्ला छनोट गरेको छ । त्यस्तै, परीक्षणकै लागि हिमाल, पहाड र तराई हुने, गाउँ र सहर पर्ने गरी जिल्ला छनोट गरिएको जानकारी दिए ।

 मन्त्रिपरिषद्द्वारा मापदण्ड स्वीकृत
मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना ०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड ०७६ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को ६ माघमा बसेको बैठकले मापदण्ड स्वीकृत गरेको हो । यससँगै चैतमा हुन गइरहेको जनगणनापूर्वको तयारी काम गर्न, कर्मचारी भर्ना गर्न, भत्तासम्बन्धी मापदण्ड तय गर्ने बाटो खुलेको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाको प्रारम्भिक नमुनाको तयारीलाई सहयोग पुग्नेछ ।