मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका सिराहा
२०७६ माघ १३ सोमबार ०८:३७:००
Read Time : < 1 मिनेट
समाचार

होमवर्क नगरेको भन्दै शिक्षकले कुट्दा विद्यार्थीको हात भाँचियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका सिराहा
२०७६ माघ १३ सोमबार ०८:३७:००

मिर्चैयास्थित स्वस्तिक पाठशालामा कक्षा ६ मा अध्ययनरत विद्यार्थी रितिक यादवको होमवर्क नगरेको भन्दै शिक्षकले कुटपिट गर्दा हात भाँचिएको छ । नेपाली विषयको गृहकार्य नगरेको भन्दै शिक्षक तारा कार्कीले हात भाँचिने गरी कुटपिट गरेको परिवारजनले जानकारी दिएका छन् ।

उनको हातमा ब्यान्डेज गरिएको छ । रितिक ६ वर्षदेखि स्वस्तिक पाठशालामा छात्रवासमा बसेर पढ्दै आएको उनको काका देवकुमार यादवले बताए । बालबालिकालाई होमवर्क नगरेको भन्दै कुटपिट गर्नु अपराध भएको उनको भनाइ छ । ‘हातै भाँचिने गरी कुटपिट भएको छ । होमवर्कको नाउँमा बालबालिकालाई भौतिक दण्ड दिन मिल्दैन,’ यादवले भने ।

कुटपिटमा संलग्न शिक्षकलाई आवश्यक कारबाहीको माग गरेको पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका यादवले बताए । घटनाबारे स्वस्तिक पाठशालाका संस्थापक महेश्वर कार्कीसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्क आउन चाहेनन् ।