मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका बुटवल
२०७६ माघ १२ आइतबार १७:५८:००
Read Time : < 1 मिनेट
समाचार

आश्रमको भवन बनाउन महायज्ञ गरिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बुटवल
२०७६ माघ १२ आइतबार १७:५८:००

मानवसेवा आश्रम प्रदेश ५ शाखाले भवन निर्माणका साथै अक्षयकोषको स्थापनाका लागि श्रीमद्भागवत ज्ञान विज्ञान महायज्ञ गर्न लागेको छ । बेसहारा सडक मानवलाई उद्धार गरि राख्नका लागि  भवन बनाउन महायज्ञ सञ्चालन गर्न लागेको आश्रमले जनाएको छ ।

आइतवार पत्रकार सम्मेलन गरि  मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बुटवल भाटभटेनी सपिङ सेन्टरको छेउमा रहेको जग्गामा यही माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने जानकारी दिए । उनले मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन, सडकमानव रहित राष्ट्र निर्माण गर्ने लक्ष्यसहित काम गरिरहेको बताए ।

महायज्ञ सम्पन्न गर्न लोकनाथ भूसालको संयोजकत्वमा मूल आयोजक समितिसहित २८ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महायज्ञबाट ११ करोड रुपैयाँ संकलनगर्ने लक्ष्य लिईएको र यो रकम स्वेच्छिक सहयोगबाट संकलन हुने आयोजकको भनाई छ ।

पत्रकार सम्मेलनमा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले ज्ञान र विज्ञान जोडेर गर्न लागिएको महायज्ञ महत्वपूर्ण रहेको भन्दै मानवसेवाका लागि कार्यक्रममा सवैले सहयोग गर्नुपर्ने बताए । देशका ७ प्रदेशमा १९  शाखा रहेको मानवसेवा आश्रमको बुटवल सुख्खानगरमा २ वटा सेवा केन्द्रहरु सञ्चालनमा रहेका छन ।