मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १२ आइतबार १५:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

संसदमा उपसभामुखको कमन्डलु लिएर आएका छैनौंः रिजाल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १२ आइतबार १५:५३:००

कांग्रेस नेता डा. मिनेन्द्र रिजालले कांग्रेस उपसभामुखको कमन्डली लिएर संसदमा उपस्थित नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै डा.रिजालले सो कुरा बताएका हुुन् ।

उनले भने, ‘कम्युनिस्ट पार्टीले बुझ्ला-नबुझ्ला वा बुझेर बुझ पचाउला । त्यो हाम्रो सरोकारको विषय होइन । कांग्रेस कमन्डलु लिएर उपसभामुख माग्न संसदमा प्रस्तुत भएको छैन । हामीलाई पदकाे लाेभ छैन, कमन्डलु लिएर आएका पनि छैनौं।’

नेता रिजालले कांग्रेसले उपभामुख मागेर सभामुखमा उम्मेदवार नदिएको भन्ने कुरा गलत भएको पनि बताए । उनले कांग्रेसले संविधानबमोजिम सभामुख र उपसभामुख एउटै दलको हुन नहुने कुरा मात्रै स्मरण गराएको भनाइ राखे । रिजालले सभामुख पद तटस्थ हुने भएका कारण कांग्रेसले सभामुखमा उम्मेदवारी नदिएको बताए ।