मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ माघ १२ आइतबार १५:४६:००
Read Time : < 1 मिनेट
अर्थ

कञ्चनपुर भन्सारको राजश्व संकलनमा वृद्धि

Read Time : < 1 मिनेट
२०७६ माघ १२ आइतबार १५:४६:००

कञ्चनपुर भन्सार कार्यालयले चालु आबको ६ महिनामा गत वर्ष भन्दा ३२.७४ प्रतिशत बढि राजश्व संकलन गरेको छ । अघिल्लो आब २०७५÷०७६ को तुलनामा चालु आब २०७६÷०७७ को पुस मसान्तसम्ममा बढि राजश्व संकलन गर्न सकेको कार्यालयले जनाएको छ । भन्सार कार्यालयले चालु आबमा ४८ करोड ६८ लाख राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा ६ महिनामा १८ करोड ५९ लाख रुपैयाँ संकलन गरेको जनाएको हो । 

अघिल्लो आबमा भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको थिएन् । ४० करोड १२ लाख राजस्व संकलनको लक्ष्य लिएकोमा ३६ करोड मात्र संकलन गर्न कार्यालय सक्षम भएको थियो । 

भन्सारमा ८० लिलामका मुद्दा दर्ता भए पनि ३२ मात्रै फ्छ्र्यौट भएको कार्यालयले जनाएको छ । चालु आबको ६ महिनामा लिलामबाट ८ लाख, ९३ राजश्व संकलन भएको छ । प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले राजस्व संकलनमा उत्साहजनक वृद्धि भईरहेको बताए । 

‘अधिकतम साईकल र मोटरसाईकलबाट बस्तु ढुवानी हुन्छ, ‘उनले भने, ‘शारदा ब्यारेज महाकाली पुल दैनिक सात घण्टा मात्रै खुल्छ ।’ उनले महाकालीमा पुल निर्माणसंगै चार लेनको सडक सम्पन्न भएपछि आर्थिक कारोबारमा बृद्धि हुने र त्यसले राजश्वमा अझ वृद्धि गर्ने अपेक्षा लिएको बताए । 

कञ्चनपुर भन्सारबाट ध्यू, चित्रकला, हस्तकला, जडिबुटी, दोसल्ला, झोला, मफलर, रिट्टा र तेजपत्ता लगायतका थोरै मात्र नेपाली सामानहरु निर्यात हुने गरेको छ । भन्सारबाट हार्डवेयरका समान, तरकारी, फलफुल, खाद्यान्न, महिलाका सामान, सुट, कपडा, तामा, काँसका भाँडा, दरी, कम्बल लगायतका दैनिक उपभोग्य समाग्री आयात हुने गरेका छन् ।