मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १२ आइतबार १४:०२:००
Read Time : < 1 मिनेट
खेलकुद

कालिञ्चोक स्की तथा स्नोबोर्डको उपाधि तामाङ र पाण्डेलाई

Read Time : < 1 मिनेट
२०७६ माघ १२ आइतबार १४:०२:००

जिल्लामै पहिलोपटक आयोजित हिउँमा खेलिने खेल स्की तथा स्नोबोर्ड प्रतियोगिताको उपाधि दोलखाली खेलाडीद्वय पुण्डरीक पाण्डे र विशाल तामाङले हात पारेका छन् । 

शनिबार दोलखाको कालिञ्चोकस्थित कुरी उपत्यकामा आयोजित स्की तथा स्नोबोर्ड प्रतियोगितामा पाण्डे र तामाङले उपाधि हात पारेका हुन् । हिउँले छोपिएको मैदानमा दुईवटा बोर्डमा लठ्ठीको सहाराले चिप्लिने साहसिक खेल स्की प्रतियोगिताको उपाधि चरिकोटस्थित तारादल गणका खेलाडी पुण्डरीक पाण्डेले हात पारेका थिए । 

त्यस्तै एउटै बोर्डमा दुई वटा खुट्टा राखेर चिप्लिने स्नोबोर्डको उपाधि भने कालिञ्चोक गाउँपालिका १ का विशाल तामाङले हात पारको प्रतियोगिताका इभेन्ट मेनेजर सौगात थापाले जानकारी दिए । जिल्लामै पहिलोपटक आयोजना गरिएको हिउँसँग सम्बन्धित साहसिक २ प्रतियोगितामा स्नोबोर्ड तर्फ दावा तामाङ द्धितीय र नविन तामाङ तृतीय भए । त्यस्तै स्की प्रतियोगितामा छिरिङ तामाङ र रमेश पाख्रिनले द्धितीय र तृतीय स्थान हासिल गरे । प्रतियोगितामा दोलखा र आसपासका २ दर्जन धरै खेलाडीहरु सहभागी थिए । 

स्की तथा स्नोबोर्ड प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई नेपाल माउण्टेन एकेडेमीले बुधबार देखि मुस्ताङमा आयोजना गर्ने राष्ट्रिय च्याम्पियनसिपमा सहभागी गराउने आयोजकले जनाएको छ । उनीहरुलाई ट्रफि तथा प्रमाणपत्र समेत उपलब्ध गराइएको छ ।