१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सलोन बस्नेत
२०७६ माघ १२ आइतबार ११:२७:००
Read Time : < 1 मिनेट
सप्तरंग

दर्शकले एक्सन फिल्म रुचाएका छैनन्

Read Time : < 1 मिनेट
२०७६ माघ १२ आइतबार ११:२७:००

फिल्म संवाद

पछिल्लो समय बक्सअफिसमा नेपाली फिल्म त्यति सफल भइरहेका छैनन् । जति फिल्म आएका छन्, ती असफल हुनुमा नयाँ स्वाद नभएर हो । दर्शकको अपेक्षाअनुसारका फिल्म आइरहेका छैनन् भन्ने मलाई नै महसुस भइरहेको छ । पहिलेको तुलनामा यो वर्ष फिल्म पनि कम बने । 

अहिलेका दर्शकले कमेडी फिल्म खोजिरहेकोजस्तो लाग्छ, मलाई । तर, अपाच्य किसिमका कमेडीचाहिँ होइन । प्रेमकथामा आधारित फिल्म पनि दर्शकले खोजिरहेका छन् भन्ने लाग्छ । यद्यपि, अहिले एक्सन फिल्मले चाहिँ दर्शक तान्न सकेको छैन । यसैबीच, विराज भट्टको नयाँ फिल्म आउँदै छ । त्यसबाट भने राम्रो अपेक्षा राख्न सकिन्छ । 

दीपक–दीपाको कमेडी शैलीलाई दर्शकले रुचाइरहेको अवस्था छ । साथै, दयाहाङ राईलगायतले गर्ने कमेडी पनि दर्शकको रोजाइमा परेको छ । अन्य किसिमका कमेडी पनि चलेको वेला छ, यो । त्यसैले दर्शकले कमेडी फिल्म रुचाएको अड्कल काट्न मुस्किल छैन ।