१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १२ आइतबार १०:०३:००
Read Time : < 1 मिनेट
अर्थ

राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरमा जान अर्थमन्त्रीको सुझाब

Read Time : < 1 मिनेट
२०७६ माघ १२ आइतबार १०:०३:००

सरकारी लगानीका बैंकबीच मर्जर गराउने प्रयास सफल नभए पनि अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकलाई मर्जरमा जान सुझाब 
दिएका छन् । 

‘मर्जरका लागि धेरै लामो समय अभियान नै चल्यो,’ बैंकको ५५औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले भने, ‘अझै पनि उपयुक्त बैंक खोजेर मर्जरमा जानु उपयुक्त हुन्छ ।’ सरकारी लगानीका बैंकको भूमिका सरकारी नीतिलाई सघाउनु पनि रहेको उनको भनाइ थियो । 

ल सहुलियत कर्जा प्रवाहमा जोड 

कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सहुलियत ब्याजदरमा कर्जा प्रवाहलाई सरकारी बैंकले प्राथमिकतामा राख्नुपर्ने बताए । ‘सरकारले सहुलियत कर्जामा ७५ प्रतिशत अनुदान लगानी गरेको छ,’ शिवाकोटीले भने, ‘तपाईंहरूले समेत सघाउनु भएन भने हामीलाई धर्म संकट पर्छ ।’ निजी क्षेत्रबाट सहुलियत कर्जाका लागि माग भइरहे पनि बैंकले कर्जा प्रवाह नगरेको गुनासो आएको शिवाकोटीको भनाइ थियो । 

कर्जाको माग बढिरहेको र यसले दीर्घकालीन रूपमा अर्थतन्त्र वृद्धिमा सघाउने भन्दै पुँजी स्रोत निक्षेप आकर्षित गर्न बैंकले ब्याजदरमा ध्यान दिनुपर्ने उनीहरूले बताए । 

ल बैंकको खुद नाफा ५ अर्ब ३२ करोड 

१० माघ २०२२ मा सञ्चालनमा आएको राष्ट्रिय वार्णिज्य बैंकमा सरकारको ९९.९७ प्रतिशत सेयर छ भने बाँकीमा सर्वसाधारणको लगानी छ । एनआइडिसी डेभलपमेन्ट बैंक मर्जरसँगै सर्वसाधारणको लगानीसमेत बैंकमा सरेको हो । बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ छ । गत आवमा बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक बनेको छ । बैंकले ५ अर्ब ३२ करोड खुद नाफा गरेको थियो । चाल आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १२ करोड नाफा गरेको छ ।

बैंकको २ सय ३८ भन्दा बढी शाखा, २ सय चारवटा एटिएम र ९३ भन्दा बढी शाखारहित सेवा सञ्चालनमा छ ।