१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १९:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना भाइरस नेपालमा भेटियो, सचेत रहन मन्त्रालयको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १९:२४:००

चीनमा फैलिएकाे काेराेना जिवाणु (भाइरस) नेपालमा भेटिएकाे छ । चीनबाट नेपाल फर्किएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण हुँदा भाइरस भेटिएको जनाइएको छ । भाइरस सङ्क्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कता अपनाइएको छ । 

त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शङ्कास्पद बिरामीको निगरानी भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले भने, “कोरोना भाइरस अध्ययनको विषय बनेको छ, तर धेरै भयावह स्थिति छैन ।” 

शनिबार काठमाडाैं आयोजित साक्षात्कारमा मन्त्रालयका प्रवक्ता श्रेष्ठले कोरोना भाइरस सरुवा भएकाले सतर्क हुन सबैलाई अपिल गरे । उनले चीनमा कोरोना भइरसबाट सङ्क्रमण भएकामध्ये तीनदेखि चार प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क प्रस्तुत गरेका थिए । 

यस्तै, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई तयारी अवस्थामा राखिएको श्रेष्ठले जानकारी दिए । अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले सरसफाइमा ध्यान दिनु पर्नेमा जोड दिए । सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले कोरोना भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाव दिए । उनले भने, “कोरोना भाइरस आफैमा नयाँ रोग होइन, यस पटकको भाइरस नयाँ प्रजाति हो ।”