मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रोहितराज पराजुली कास्की
२०७६ माघ ११ शनिबार १८:१९:००
Read Time : < 1 मिनेट
समाचार

सूचना लुकाउनु भ्रष्टाचार : प्रमुख सूचना आयुक्त

Read Time : < 1 मिनेट
रोहितराज पराजुली कास्की
२०७६ माघ ११ शनिबार १८:१९:००

सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना लुकाउनु भ्रष्टाचार भएको भन्दै हरेक कुरा पारदर्शी हुनुपर्ने बताए ।

तमू सांस्कृतिक प्रतिष्ठान नेपालले पोखरामा शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख सूचना आयुक्त गुरुङले सार्वजनिक हित र सरोकारका सूचना प्रवाहमा कन्जुस्याई नगर्न सरोकारवाला निकायलाई निर्देशन दिए । उनले सार्वजनिक निकाय र चासोको विषयमा सूचना लिन कोही हिचकिचाउन नहुने भन्दै सूचना माग्न पनि आग्रह गरे ।

सूचना माग्न आउनेलाई सजिलो र सहज तरिकाले सूचना दिन सरोकारवालालाई निर्देशन दिँदै प्रमुख सूचना आयुक्त गुरुङले सार्वजनिक निकायले गरेका कामकारबाहीको जानकारी लिन पाउने सबैको अधिकार भएको बताए । उनले सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या दिनप्रतिदिन बढ्दो रहेको भन्दै सामाजिक सञ्जालकै कारण कतिपय अवस्थामा समस्या निम्तिएकाले यसको प्रयोगमा सचेतता अपनाउन पनि आग्रह गरे ।

कानुनले तोकेको सूचनाका लागि सम्बन्धित कार्यालयको सूचना अधिकारीसँग सम्पर्क गरेर सूचना माग्दा नदिएमा १५ दिनपछि कार्यालय प्रमुखसँग सम्पर्क गर्ने र त्यसको सात दिनभित्र पनि सूचना नपाए २३औँ दिनमा आयोगमा सम्पर्क गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।