मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७६ माघ ११ शनिबार १७:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

टाँगिया बस्तीमा तत्काल विद्युतीकरण गर्न कुलमानको निर्देशन

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार १७:४२:००

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको टाँगिया बस्तीमा तत्काल विद्युतीकरण गर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १५ डुमरवानामा सुन्दरबस्ती युवा क्लबले आयोजना गरेको २८५६औँ सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिसिङले टाँगिया बस्तीलाई अँध्यारोबाट मुक्ति दिलाउन तत्काल विद्युतीकरणको पहल थाल्न विद्युत प्राधिकरणको सिमरा वितरण केन्द्र्रलाई निर्देशन दिएका हुन् ।

वडाअध्यक्ष केदार बजगाईंले टाँगिया बस्तीमा विद्युत नपुग्दा सो क्षेत्रका एक हजार चार सय ७६ घरधुरी अँध्यारोमा बस्न बाध्य रहेको भन्दै ध्यानाकर्षण गराएलगत्तै कार्यकारी निर्देशक घिसिङले तत्काल उक्त क्षेत्रमा विद्युतीकरणको पहल थाल्न निर्देशन दिएका हुन् ।

‘त्यति ठुलो घरधुरी अँध्यारोमा बसिरहेको सुन्दा मलाई अत्यन्तै दुःख लाग्यो,’ उनले भने, ‘ढुक्क हुनुहोस् त्यहाँ तत्काल विद्युत पुग्नेछ ।’ विद्युत प्राधिकरण सिमराका प्रमुख रोहिणी पौडेलले आइतबारबाटै स्थलगत अध्ययन गरेर तत्काल लागत अनुमानसमेत तयार पारेर केन्द्रीय कार्यालयमा पत्राचार गरिने बताए ।