मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका गाेरखा
२०७६ माघ ११ शनिबार १७:३५:००
Read Time : < 1 मिनेट
समाचार

गोरखामा विप्लव समुहका दुई कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका गाेरखा
२०७६ माघ ११ शनिबार १७:३५:००

गोरखामा नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका दुइ जना कार्यकर्ता पक्राउ परेका छन् । उनीहरू गोरखा नगरपालिका–१० विरेन चोकबाट शुक्रबार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

पक्राउ पर्नेमा गण्डकी गाउँपालिका–७ घ्याल्चोक ६७ वर्षीय विष्णु प्रसाद रिजाल र सहिद लखन गाउँपालिका–४ ताक्लुङका ४८ वर्षीय रोहित प्रसाद पन्त रहेको एसपी ओम प्रसाद अधिकारीले बताए । रिजाल विप्लप समुहको जिल्ला जनपरिषदका पूर्व अध्यक्ष हुन भने पन्त जिल्ला किसान संघका पूर्व अध्यक्ष हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।