मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ११ शनिबार १६:४८:००
Read Time : < 1 मिनेट
समाचार

सुदुरपश्चिम विश्वविद्यालयको ताला १० महिनापछि खुल्यो

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार १६:४८:००

प्रमुख प्रतिपक्षीय दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा विभिन्न मागसहित बेथिति बिरुद्ध लगाएको ताला खोलेको छ ।

१० महिना अघि कांग्रेस निकट नेविसंघले उपकुलपति र रजिष्ट्रार नियुक्तीको विषयलाई लिएर केन्द्रीय कार्यालय महेन्द्रनगरको मुल गेटमा तालाबन्दी गरेको थियो । नेविसंघले एउटै विश्वविद्यालयमा दुई÷दुई उपकुलपति र रजिष्ट्रार नियुक्ती गरेको भन्दै गत २७ चैत्र ०७५ मा लगाएको तालाबन्दी १० महिनापछि शनिबार (आज) खोलेको हो ।

नेविसंघ कञ्चनपुरका नेता ईन्द्र साउदले विश्वविद्यालयका पदाधिकारीसहित नेविसंघका नेताहरुको उपस्थितिमा ताला खोलिएको बताए । साउदका अनुसार संघले उठान गरेका माग सम्बोधन गर्ने सहमती पछि ताला खोलिएको बताए । नेता साउदले विश्वविद्यालयमा उत्पन्न विवाद समाधान गर्ने सहमति भएको बताए ।

सुप विश्वविद्यालयमा उन्पन्न विवाद समाधान गर्ने व्यवस्थित गर्ने प्रयोजनका लागि उच्च स्तरीय कार्यदल गठन भएको र उक्त कार्यदल विवाद समाधानतर्फ उन्मुख भएकाले उपकुलपति र रजिष्ट्रारको म्याद सकिएको हुँदा सो कार्यदलले विवाद समाधान तर्फ सहजीकरणका लागि ताला खोलिएको उनले बताए । नेता साउदले १५ दिनभित्र सबै समस्या समाधान नभए पुनः तालाबन्दीको चेतावनी दिए । 

केन्द्रीय कार्यालयमा तालाबन्दी गरेसँगै त्यहाँको कामकाज ठप्प भएको थियो । दैनिक प्रशासन संचालनका लागि रजिष्ट्रार निवासबाट कामकाज भइरहेको थियो । तालाबन्दीका कारण चालु आर्थिक वर्ष २०७६÷०७७ का नीति तथा कार्यक्रम समेत प्रभावित भएको छ । 

विश्वविद्यालयका प्रशासक गोविन्द बल्लव पन्तले लामो समयदेखिको तालाबन्दी खुलेसँगै विश्वविद्यालयको गतिरोध अन्त्य भएको बताए । ‘हामीहरुले नेविसंघ लगायतका वहाँहरुको पार्टीका नेताहरुसँग पटकपटक छलफल, आग्रह वार्ता गरेका थियौँ, ‘उनले भने, ‘नेविसंघ र कांग्रेस नेताहरु सकारात्मक भएपछि तालाखुल्यो ।’ आइतबारदेखि विश्वविद्यालयको दैनिक कामकाज नियमित हुने उनले बताए ।