मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १६:४९:००
Read Time : < 1 मिनेट
विश्व

हुलाकीको घरबाट २४ हजार चिठ्ठी बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १६:४९:००

जापानमा एक पूर्व हुलाकी कर्मचारीले २४ हजार चिठ्ठी आफैले राखेको खुलासा भएको छ । उनले माफी माग्दै उक्त चिठ्ठी सम्बन्धित व्यक्तिसम्म पुर्याउने बाचा गरेका छन् ।

कानागावा नाम गरेका हुलाकीले १६ वर्षसम्म २४ चिठ्ठी आफूले नै राखेका हुन् । मानिसहरूले चिठ्ठी प्राप्त नभएको गुनासो गरेका थिए । त्यसपछि हुलाक विभागले जाँच गरेको थियो । विभागको जाँचमा उनको साथबाट २४ हजार चिठ्ठी फेला परेको जनाएको छ ।

हुलाकी कानागावाले भनेका छन्, 'चिठ्ठी वितरण गर्न दबाब थियो । तलका कर्मचारीबीच आफू कमजोर नदेखिन धेरै चिठ्ठी लिएर बाड्न निस्कन्थेँ । ती चिठ्ठी घरमा लगेर राख्थेँ, जुन मेरो गल्ती हो ।'

हुलाक कार्यालयमा फेब्रुअरी २०१७ देखि नोभेम्बर २०१९ सम्म एक हजार चिठ्ठी हराएको थियो । त्यस घटनापछि कार्यालयले प्रहरीलाई खबर गरेकाे थियाे । प्रहरीको जाँचपछि कानागावाले सन् २००३ देखि चिठ्ठीहरू आफ्नो घरमा लगेर राखेको खुलासा भएको थियो । आरोप सिद्ध भए उनले करिब पाँच लाख जरिवाना र तीन वर्ष जेल जीवन बिताउनु पर्ने अधिकारीहरूले जनाएका छन् । एजेन्सी