मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १६:२८:००
Read Time : < 1 मिनेट
सप्तरंग

बागी ३ मा टाइगर श्राफ र उनका बुवा सँगै देखिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १६:२८:००

भारतीय सुपरस्टार टाइगर श्राफले खेल्न लागेकाे बागी सिरिजको बागी ३ मा उनका बुबा जैकी श्राफले पनि अभिनय गर्ने भएका छन् । फिल्ममा जैकी टाइगरकाे बुवाकै भूमिकामा देखिने छन् । बुवाछोराले सँगै फिल्म खेलेको यो पहिलो हो ।

टाइगरको मुख्य भूमिका भएको यो फिल्ममा जैकी प्रहरी अधिकृतको रुपमा देखिने छन् । यो फिल्मको सुटिङ बुधबारदेखि सुरु भएको छ । फिल्ममा रितेश देशमुख पनि छन् ।

फिल्म निर्माता साजिद नाडियाडवालाले भनेका छन्, ‘जहिलेदेखि हामीले टाइगरलाई फिल्ममा ल्यायौँ, उनका बुबाले पनि सँगै काम गरेको हेर्न चाहने दर्शकको दवाव बढेको देख्याैँ ।’ ६ वर्षदेखि कसैले श्राफ बुवाछोरालाई सँगै फिल्ममा खेलाउन नसक्नुको कारणबारे पनि नाडियाडवालाले प्रष्ट्याएका छन् । ‘उनीहरु दुवैले त्यत्तिखेर मात्र सँगै खेल्छौँ जब रोल लायक हुन्छ भनेका थिए,’ उनले भने । 

फिल्ममा श्रद्धा कपुर हिरोइनको भूमिकामा छिन् । बागी सिरिजको पहिलो फिल्ममा पनि श्रद्धा नै हिरोइन थिइन् । साजिद नाडियाडवालाको प्रोडक्शन ब्यानरमा बन्न थालेको यो फिल्मका निर्देशन अहमद खानले गर्दै छन् । फिल्म आगामी ६ मार्चमा रिलिज गर्ने तय भएको छ । एजेन्सी