१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १५:४७:००
Read Time : < 1 मिनेट
समाचार

जब जनप्रतिनिधिले नै घुस लिएपछि...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १५:४७:००

सामान्यतः जनताको माझमा रही दिनरात काम गर्न खटिरहने स्थानीय जनप्रतिनिधि नै भ्रष्टाचारमा संलग्न होलान् भनेर कसैले कल्पना गर्दैनन् । कतिपय जनप्रतिनिधि आफूले पाएकाे तलब भत्तासमेत जनताकाे चाहना पूरा गर्न सुम्पेको समाचार सुन्न पाइन्छ ।

तर, जाजरकोटको एक स्थानीय तहका अध्यक्षले भने विकास निर्माणको कामलाई बेवस्था गर्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका छन् । उनी आफ्नो गाउँपालिकाका उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस लिँदै गर्दा पक्राउ परेका हुन् । जिल्लाकाे जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीलाई अख्तियारले पक्राउ गरेकाे हाे ।

सोही गाउँपालिका-५ मा निर्माण गरिएको सडकको भुक्तानी दिन सहज गरिदिने भन्दै सेवाग्राहीसँग ८ लाख घुस लिएको अवस्थामा आयोगको टोलीले केसीलाई पक्राउ गरेकाे हाे । आयोगले उनीसहित चन्द्रबहादुर बस्नेतलाई पनि नियन्त्रणमा लिएको छ ।

सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा उनीहरुलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ स्थिति पुरानो मालपोट कार्यालयको जग्गा नजिकै हटलाइन रोडबाट नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनीहरुलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको भए पनि आयोगले अनुसन्धान गरेर शनिबार सार्वजनिक गरेको छ ।