कांग्रेस सभापति शेरबहादुर देउवा शनिबार नेकपाका अध्यक्षद्वयलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा छलफल गर्न देउवालाई बोलाएको स्रोतले जनायो । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि बालुवाटार पुगेका छन् ।
सत्य निरूपण र बेपत्ता छानबिन आयोगका सदस्य र अन्य संवैधानिक आयोगहरुमा नियुक्तिको विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले भेटका लागि देउवा र प्रचण्डलाई बोलाएको स्रोतले बताएको छ ।
प्रतिनिधिसभाको सभामुखमा नेकपाका नेता अग्नि सापकोटा निर्विरोध भइसकेको अवस्थामा रिक्त उपसभामुखको विषयमा पनि नेताबीच छलफल हुने अनुमान छ । सभामुख र उपसभामुख अगल दलको हुनुपर्ने संवैधानिक प्रावधान छ ।