मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ११ शनिबार १०:२३:००
Read Time : < 1 मिनेट
सप्तरंग

एयरफोर्स पाइलटको भूमिकामा कंगना 

Read Time : < 1 मिनेट
२०७६ माघ ११ शनिबार १०:२३:००

बलिउड अभिनेत्री कंगना रनावत एयरफोर्स पाइलटको भूमिकामा देखिने भएकी छिन् । रोनजी स्क्रुवालाको प्रोडक्सनमा बन्न लागेको फिल्म ‘तेजस’ मा उनले यो भूमिका गर्नेछिन् । 

कंगनाका अनुसार जुलाईबाट सुटिङ सुरु हुने यस फिल्मका लागि उनले दुई हप्ताअघि साइन गरिसकेकी छिन् । कंगनाले भनेकी छिन्, ‘म सधैँ फिल्ममा एक सैनिकको भूमिका निभाउन चाहन्थेँ र बाल्यकालदेखि नै मलाई फौजमा ठूलो आकर्षण थियो । मैले कहिल्यै पनि सैनिकप्रतिको आफ्नो भावनालाई लुकाउन सकिनँ । र उनीहरूको बहादुरी दृढतापूर्वक महसुस गरेकी छु ।’

फिल्मको तयारीका विषयमा कंगनाले भनेकी छिन्, ‘म सुटिङ सुरु हुनअघि कठिन प्रशिक्षणबाट गुज्रनेछु । यसका लागि निर्देशकले पेसेवर ट्रेनर्सको मद्दत लिने फैसला गरेका छन्, ताकि म असली पाइलजस्तै देखिन सकुँ ।’ 

कंगना अहिले आफ्नो आगामी फिल्म ‘थलाइवी’को सुटिङमा व्यस्त छिन् । यसको सुटिङ चाँडै सकिँदैछ, यसपछि ‘तेजस’को सुटिङ सुरु हुनेछ । थलाइवी तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको बायोपिकमा आधारित फिल्म हो ।