१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ११ शनिबार ०८:४१:००
Read Time : > 1 मिनेट
अर्थ

डेढ करोड नेपालीले प्रयोग गर्छन् मोबाइल इन्टरनेट

Read Time : > 1 मिनेट
२०७६ माघ ११ शनिबार ०८:४१:००

दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्म ४ करोड १७ लाख ५८ हजार १ सय ९८ थान सिम बिक्री भएको

मुलुकमा मोबाइल प्रयोग गर्नेको संख्या बढेसँगै इन्टरनेट चलाउनेको संख्या पनि बढ्न थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ताको संख्या १ करोड ६३ लाख ४७ हजार ३ सय ५९ छ ।  

नेपालमा सञ्चालित विभिन्न दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले इन्टरनेट सेवा प्रदान गर्दै आएका छन् । यस्ता कम्पनीले फिक्स ब्रोडब्यान्ड (वायर), फिक्स ब्रोडब्यान्ड (वायरलेस) र मोबाइल ब्रोडब्यान्ड सेवा प्रदान गर्दै आएका छन् । इन्टरनेटका लागि फिक्स ब्रोडब्यान्ड (वायरलेस) प्रयोगकर्ताको हिस्सा भने शून्य दशमलव ८० प्रतिशत छ । फिक्स ब्रोडब्यान्ड (वायर) को प्रयोगकर्ताको हिस्सा १५ दशमलव ३३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । मोबाइलको पहुँच बढ्दै गएपछि फिक्स ब्रोडब्यान्ड प्रयोगकर्ताको संख्या घट्दै गएको नेपाल टेलिकम प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । 

५० हजारले चलाउँछन् फोरजी
प्राधिकरणका अनुसार ४७ लाख ९१ हजार ८ सय ९६ ले इन्टरनेटको आधुनिक फोरजी सुविधा प्रयोग गरेका छन् । तर, धेरैजसोले भने थ्रिजी चलाउने गरेको तथ्यांकले देखाएको छ । चालू आवको पहिलो चार महिनाको अवधिमा १ करोड १४ लाख १८ हजार मोबाइल प्रयोगकर्ताले थ्रिजी चलाएका छन् । त्यस्तै, १ लाख ३६ हजार ५ सय ७३ मोबाइल प्रयोगकर्ताले इभिडियो चलाएको तथ्यांकमा उल्लेख छ । 

अधिकांश मोबाइल प्रयोगकर्ताले नेपाल टेलिकमको इन्टरनेट सेवा प्रयोग गर्ने गरेका छन् । तथ्यांकअनुसार ८२ लाख ७ हजार ३ सय ३८ जनाले मोबाइलमा टेलिकमको थ्रिजी चलाउँछन् । त्यस्तै, ३२ लाख ११ हजार ५ सय ५२ ले थ्रिजीका लागि एनसेलको सेवा प्रयोग गर्छन् । त्यस्तै, फोरजीका लागि एनसेलको प्रयोग गर्नेको संख्या अधिक छ । ८ लाख ३९ हजार ५ सय ८० जनाले फोरजीका लागि नेपाल दूरसञ्चारको प्रयोग गर्छन् भने ३७ लाख १३ हजार ४ सय ३१ ले एनसेलको प्रयोग गर्छन् ।
 
एक वर्षमा ६ प्रतिशतले बढे टेलिफोन ग्राहक
चालू आर्थिक वर्षको कात्तिक महिनासम्ममा टेलिफोनको सेवाग्राही ४ करोड २५ लाख पुगेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा ६ प्रतिशतले बढेको हो । प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमका ग्राहक २ करोड ३६ लाख ५७ हजार १ सय ३५ पुगेका छन् । 

यो संख्या गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशत हो । एनसेलका ग्राहक भने १ करोड ६८ लाख २१ हजार २ सय ४१ पुगेका छन् । यो संख्या गत आवको तुलनामा २ प्रतिशतले बढी हो । त्यस्तै, स्मार्ट टेलिकमका ग्राहक भने २० लाख ७५ हजार ७ सय १ पुगेका छन् । यो संख्या गत आवको सोही अवधिको तुलनामा करिब ९ प्रतिशत हो भने अन्य सेवा टेलिफोनका ग्राहक ६६ प्रतिशतले बढेर २ हजार ९ सय २ पुगेका छन् । प्राधिकरणका अनुसार ४ करोड १७ लाख ५८ हजार सिममध्ये ४ करोड ८५ हजार ८ सय १६ जिएसएम र १६ लाख ७२ हजार ३ सय ८२ सिडिएमए रहेका छन् ।