१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला
काठमाडाैं
२०७६ माघ ११ शनिबार ०७:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

कोरोना भाइरसका लक्षण र जोगिने उपाय 

Read Time : < 1 मिनेट
काठमाडाैं
२०७६ माघ ११ शनिबार ०७:३२:००

चीनबाट फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो भाइरस देखिएको जानकारी गराएको हो । चीनबाट फर्किएका एक नेपाली युवामा कोरोना भाइरसको संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ । 

लक्षण
पशुबाट पशुमा सर्ने यो भाइरस हाल मानिसबाट मानिसमा समेत सरेको पाइएको छ । यो भाइरसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वास गराउन सक्छ । ज्वरो आउने, श्वासप्रश्वासमा अत्यधिक समस्या, रुघाखोकी लाग्ने, टाउको तथा जिउ दुख्ने लक्षण देखिन सक्छ । कोरोना भाइरस प्रभावित क्षेत्र तथा देशबाट आउने व्यक्तिमा दुई साताभित्र रुघाखोकी लागेमा वा माथिका जस्ता लक्षण देखिए तुरुन्त चिकित्सककहाँ जानुपर्छ । रुघाखोकी तथा श्वासप्रश्वासका बिरामीको नजिक नजाने तथा हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ । हात मिलाउन छाडेर नमस्कार गर्नु उपयुक्त हुन्छ । 

जोगिने उपाय 
नियमित रूपमा साबुनपानीले हात धुने, खोक्दा र हाच्छ्यूँ गर्दा नाक र मुख छोप्ने, यदि फ्लु जस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीले सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपक्षीहरूसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अन्डा राम्रोसँग पाकेको मात्र खाने । कोरोना भाइरसले गर्दा हुने रोगका लागि कुनै खास उपचार छैन । तर, यो भाइरसले निम्त्याएका धेरै लक्षणको उपचार गर्न सकिन्छ ।