१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७६ माघ १० शुक्रबार १८:२९:००
Read Time : < 1 मिनेट
अर्थ

कृषिको बजेट बनाउन सातै प्रदेशमा छलफल

Read Time : < 1 मिनेट
२०७६ माघ १० शुक्रबार १८:२९:००

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष ०७६/०७७ को बजेट निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ । स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा प्रक्रिया अगाडि बढाएको हो । 

मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले तीनै तहका सरकारका कार्यक्रम ‘ओभरल्याप’ नहुने गरी कार्यक्रम बनाउन लागिएको जानकारी दिए । भट्टराईले भने, ‘तीन वटै सरकारका कार्यक्रम निर्माणका प्रतिक्रिया लिन लागि सातै प्रदेशमा हाम्रा टोली गएका थिए । केही प्रतिक्रिया लिएर आइसके ।’ 

प्रतिक्रियाबारे मन्त्रालयमा छलफल गरेर आवश्यक प्रक्रिया अघि बढ्ने भट्टराईको भनाइ थियो । एक पटक मन्त्रालयमा छलफल गरेर फेरि सातै प्रदेशमा जाने र थप छलफलपछि मात्रै कार्यक्रमको टुंगो लाग्ने मन्त्रालयले जानकारी दिएको छ ।