मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १० शुक्रबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

Read Time : < 1 मिनेट
२०७६ माघ १० शुक्रबार १४:३२:००

दैलेखको भगवतीमाई गाउँपालिका-४ मन्घरमा भे १ त ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा साेही गाउँपालिका-५ का २० वर्षिय भिम बहादुर बिकको घनास्थलमै मृत्यु भएको । घटनामा दुई जना घाइते भएका छन् ।

शुक्रबार बिहान ८ बजे जाजरकोटको सुयाडादेखि दैलेखको भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडा बजार आउँदै गरेकोे ट्याक्टर मन्घर भन्ने स्थानमा सडकबाट करिब ३ सय मिटर तल खसेको बेस्तडा प्रहरी चौकीले जानकारी दिएको छ । घाइते हुनेमा ट्याक्टर चालक २८ वर्षीय दीपक बिक र सहचालक १९ वर्षीय ललित बिक रहेको प्रहरी सहायक निरीक्षक मनोज कंडेलले बताए । उनीहरू प्रहरीको नियन्त्रणमा रहेका छन् ।