१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ १० शुक्रबार १२:२४:००
Read Time : < 1 मिनेट
समाचार

टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि विद्यार्थीद्वारा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
२०७६ माघ १० शुक्रबार १२:२४:००

बिहीबार टिपरको ठक्करबाट युवतीको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर चौमन्न चोकमा अवरोध सिर्जना गरेका छन् ।
मृतक अध्ययनरत जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीले शुक्रबार बिहानैदेखि आन्दोलन गरेका हुन् । 

उनीहरूले पूर्वपश्चिम राजमार्गको भाँसी क्षेत्रमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । विद्यार्थीहरुले पीडित परिवारलाई न्याय, घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन गरेको बताएका छन् । 

कञ्चनपुरका राजनीतिक दलसहित विभिन्न विद्यार्थी संगठनले घटनाको विरोध गर्दै पीडित परिवारलाई उचित क्षतिपूर्ति माग अघि सारेका छन् । से१क ८८७ नम्बरको टिपरको ठक्करबाट हिजो दशरथचन्द नगरपालिका १ गुरुखोलाकी २० वर्षीया युवती रमिता भट्ट(रोशनी)को घटनास्थलमै ज्यान गएको थियो । 

साइकलमा सवार रमितालाई टिपरले ठक्कर दिएर पछाडिको पांग्राले टाउको किचिदिएको पत्यक्षदर्शीले बताएका छन् । स्थानीयले टिपर आतंक बढ्ेको भन्दै टिपरमाथि ढुंगामुढा प्रहार गरेका थिए । 

आगजनीको प्रयास भए पनि उल्लेख्य मात्रामा सुरक्षाकर्मी घटनास्थल पुगेपछि टिपरलाई प्रहरीले घेरा हालेर जाेगाएकाे थियो । स्थानीयको ढुंगामुढाबाट चार प्रहरी घाइतेसमेत भएका थिए। घाइते हुनेमा भगवती भट्ट, सन्तोषी जोशी, लोचन चन्द, गणेश बोहरा छन् । उनीहरूको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।