१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ १० शुक्रबार ११:०८:००
Read Time : < 1 मिनेट
सप्तरंग

तारादेवीको सम्झनामा गुन्जिए स्रष्टा

Read Time : < 1 मिनेट
२०७६ माघ १० शुक्रबार ११:०८:००

स्वरकिन्नरी तारादेवीको १४औँ स्मृति दिवसका अवसरमा ‘सम्झनामा तारादेवी’ कार्यक्रम सम्पन्न भएको छ । तारादेवी स्मृति फाउन्डेसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तारादेवीले गाएका गीत विभिन्न नयाँ तथा पुराना गायक–गायिकाले गाएका थिए ।

कार्यक्रममा ज्ञानु राणाले ‘कालीपारे दाइ कति राम्रो’, संगीता शाक्यले ‘नौ सय खोला तरेर जाने’, प्राश्ना शाक्यले ‘आऊ न आऊ तिम्रो खुसी’, गीता पाण्डेले ‘हिमालको काखमा छ सानो मेरो गाउँ’ तथा विजय मानन्धर र विष्णु चेम्जोङले ‘हे कान्छा ठट्टैमा यो बैँस जान लाग्यो’ गाएका थिए । त्यस्तै, जिना रसाइलीले ‘अमर माया छाडेर जाने’, लाबोनी चक्रवर्तीले ‘उकाली ओरालीहरूमा’, सरिता शाहीले ‘निर्दोष तिम्रो पछ्यौरीमा’, सरस्वती मानन्धरले ‘शुभकामना भरी’ र रेकिशा केसीले ‘फूलैफूलको मौसम तिमीलाई’ गाए । कार्यक्रमको सुरुवात भने ‘यो नेपाली शिर उचाली’ गीतबाट भएको थियो । जसमा ‘आस्था कलाकेन्द्रका विद्यार्थीले प्रस्तुति दिएका थिए ।

 कार्यक्रममा स्व. तारादेवीको नामबाट तीन सांगीतिक स्रष्टालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा वरिष्ठ गीतकार किरण खरेल, संगीतका पहिलो गुरु उस्ताद भैरवबहादुर थापाकी पत्नी धर्मदेवी थापा र वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा छन् । उनीहरूलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सम्मान गरेका थिए ।

सम्मानित व्यक्तित्वहरूका तर्फबाट बोल्दै संगीतकार बास्कोटाले तारादेवीजत्तिको गायिका नेपाली संगीतले पाउनु गर्वको कुरा रहेको बताउँदै भारतीय गायिका लता मंगेस्करसँग उनको तुलना गरेका थिए ।