मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १० शुक्रबार ०६:५६:००
Read Time : > 1 मिनेट
अर्थ

रियल मीको ‘फाइभ आई’  स्मार्टफोन नेपाली बजारमा

Read Time : > 1 मिनेट
२०७६ माघ १० शुक्रबार ०६:५६:००

५ हजार एमएच क्षमताको ब्याट्री, मूल्य २०९९०

रियल मी स्मार्टफोनले रियल मी फाइभ सिरिजअन्तर्गतको नयाँ क्वाड क्यामेरा फोन रियल मी फाइभ आई नेपाली बजारमा बिक्री सुरु गरेको छ । रियल मीले उत्कृष्ट क्यामेरा, ब्याट्री, डिजाइनको साथमा सुपथ मूल्यमा रियल मी फाइभ आई बजारमा ल्याएको दाबी गरेको छ । ५००० एमएएच क्षमताको ब्याट्रीका साथमा उपलब्ध रियलमी फाइभ आईले उक्त मूल्य श्रेणीमा सबैभन्दा राम्रो ब्याट्री–लाइफ र सबैभन्दा लामो ३० दिने स्ट्यान्डबाई प्रदान गर्ने दाबी गरिएको छ । रियल मी फाइभ आईमा ब्याट्रीको सुरक्षा निश्चित गर्न फायरप्रुफ–प्रोटेक्टिभ–सेपरेसनका साथ निर्माण गरिएको जनाइएको छ । 

रियल मी फाइभ आईमा ११ एनएम उत्पादन प्रक्रियामा आधारित स्न्याप ड्रागन ६६५ एआइई रहेको हुनाले २.० गिगाहर्जको क्लक स्पिडमा कार्य सञ्चालन गर्न सक्ने बताइएको छ । साथै, थर्ड जेनेरेसन क्वालकम एआईले उल्लेखनीय गेमिङ अनुभव र प्रदर्शन प्रदान गर्ने जनाइएको छ । 

फोन एक्वा ब्लु र फरेस्ट ग्रिन रंगमा उपलब्ध रहेको छ । रियल मीले हालसम्म रियल मी ३, रियल मी २ प्रो, रियल मी सी १, रियल मी सी २ र रियल मी ५ गरी पाँच मोडेलका स्मार्टफोन नेपाली बजारमा भिœयाएको बताएको छ ।

मोबाइलको विशेषता
रियल मी फाइभ आईमा ११९ अल्ट्रा–वाइड एंगल लेन्स (८ एमपी), मेन क्यामेरा (१२ एमपी), पोरट्रेट लेन्स (२ एमपी) र अल्ट्रा म्याक्रो लेन्स (२ एमपी) को क्वाड क्यामेरा सेटअप रहेको छ । अल्ट्रा–वाइड एंगल लेन्समा नाइट स्केप २.० समावेश गरिएको हुनाले अँध्यारो स्थानमा वाइडर भ्युको साथमा उत्कृष्ट तस्बिर लिन सकिने कम्पनीले दाबी गरेको छ । क्यामेराले इआइएस इफेक्ट प्रयोग गर्ने हुनाले चलिरहेको अवस्थामा स्थिर भिडियो खिच्न सकिने जनाइएको छ । ४ जिबी र्‍याम र ६४ जिबिी रोम रहेको यो फोनको मूल्य २० हजार ९ सय ९० रुपैयाँ तोकिएको छ ।