मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ १० शुक्रबार ०८:३०:००
Read Time : < 1 मिनेट
अर्थ

कौसीखेती गर्नेलाई सरकारले अनुदान दिने

Read Time : < 1 मिनेट
२०७६ माघ १० शुक्रबार ०८:३०:००

ललितपुरको कृषि ज्ञानकेन्द्रले कौसीखेती प्रवर्द्धनका लागि अनुदान दिने भएको छ । केन्द्रले न्यूनतम २ हजार घरधुरीलाई १० हजारदेखि २५ हजार रुपैयाँसम्म अनुदान उपलब्ध गराउने योजना बनाएको छ । 

केन्द्रले चालू आव ०७६–७७ को बजेट कार्यक्रमबाटै २ करोड रुपैयाँ अनुदान छुट्याएको विज्ञप्तिमा जनाएको छ । बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जारी गरेको प्रांगारिक कौसीखेती प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, ०७६ अनुसार निःशुल्क प्राविधिक तालिमसमेत दिइनेछ ।

केन्द्र प्रमुख निर्मल गदालका अनुसार कुल लागतको बढीमा ५० प्रतिशत हुन आउने रकम अनुदानबापत दिइनेछ । ‘गमला वा ट्रेमा आधारित कौसीखेतीका लागि बढीमा १० हजार र हाइड्रो–पोनिक्स तथा एरो–पोनिक्स प्रविधिको सहायतामा गरिने खेतीका लागि बढीमा २५ हजार रुपैयाँ अनुदान उपलब्ध गराइनेछ,’ उनले भने । 

केन्द्रका अनुसार मासिक १ अर्ब ४० करोड रुपैयाँको तरकारी आयात हुन्छ । आयातीत तरकारीको खपत घटाउन उत्पादन वृद्धिका लागि उपत्यकामा पर्याप्त खेतीयोग्य जमिन नभएकाले घरमाथिको कौसी व्यवस्थापन गर्ने गरी तरकारी खेतीका लागि प्रोत्साहन गर्न लागेको केन्द्रले जनाएको छ ।