मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १० शुक्रबार ०६:३८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचन  : नेकपा १६ र  राजपा दुई सिटमा विजयी

Read Time : > 2 मिनेट
२०७६ माघ १० शुक्रबार ०६:३८:००

राष्ट्रिय सभाका १८ सदस्यका लागि बिहीबार सातै प्रदेशमा भएको निर्वाचनमा नेकपा र राजपा विजयी भएका छन् । नेकपाले १६ र राजपाले दुई सिट जितेको छ भने कांगेस सबै सिटमा पराजित भएको छ ।  प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेकपा एक्लैले जितेको छ भने प्रदेश २ का चार सिटमध्ये राजपासँग दुई–दुई सिट बाँडेको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ तथा स्थायी समिति सदस्य बेदुराम भुसालसहित १६ जना निर्वाचित भएका हुन् । श्रेष्ठ र भुसाल दोस्रोपटक संसद् प्रवेश गर्न लागेका हुन् । यसअघि श्रेष्ठ ०६४ को संविधानसभामा मनोनीत भएका थिए भने भुसाल राष्ट्रिय सभामै निर्वाचित थिए । 

नेकपाबाट महिलातर्फ इन्दिरा गौतम, तुलसाकुमारी दाहाल, गंगाकुमारी बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, सुमित्रा बिसी र शारदा भट्ट निर्वाचित भएका छन् । यस्तै, अन्यतर्फ श्रेष्ठ र भुसालसँगै देवेन्द्र दाहाल, गोपाल भट्टराई, मायाप्रसाद आयार्य (पारशमणि) र तारामान स्वाँर, दलिततर्फ गोपीबहादुर अछामी र राधेश्याम पासवान तथा अपांग/अल्पसंख्यकतर्फ जगप्रसाद शर्मा निर्वाचित भएका छन् । राजपाबाट भने अल्पसंख्यकतर्फ शेखरकुमार सिंह र अन्यतर्फ मृगेन्द्रकुमार सिंह यादव विजयी भएका छन् । 

कांग्रेस ६ मा खुम्चियो, नेकपाका ४९ सदस्य

प्रदेश र स्थानीय तहमा धेरै सिट गुमाएको कांग्रेस अब राष्ट्रिय सभामा पनि ६ सिटमा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा १३ सिट जितेको थियो ।  नेकपाले भने ३९ बाट ४९ सदस्य पुर्‍याएको छ । योपटक नेकपाले कांग्रेसबाट सात र समाजवादी पार्टीबाट एक सिट खोसेको छ । पदावधि सकिनेको सूचीमा रहेका युवराज खतिवडाको ठाउँमा राष्ट्रिपतिबाट एकजना मनोनीत भएपछि राष्ट्रिय सभामा नेकपाका ५० सदस्य हुनेछन् ।

राजपाले भने दुईवर्षे कार्यकाल सकिने दुवै सिट जोगाएको छ । स्थायी सभाका रूपमा रहेको राष्ट्रिय सभामा एकतिहाइ सदस्यको कार्यकाल दुई वर्षमा सकिने प्रावधान छ । सोहीबमोजिम राष्ट्रिय सभाका १९ सांसदको पदावधि २० फागुनमा सकिँदै छ । पदावधि सकिनेमा राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री खतिवडासहित नेकपाका नौ, कांग्रेसका सात, राजपाका दुई र समाजवादीका एक सांसद रहेका छन् ।

बिहीबार निर्वाचन भएका १८ सिटकाे परिणाम

-नेकपाले यसअघि जितेका आठमा आठ थपेर १६ सिट पुर्‍याएको छ

 -कांग्रेसले ७ सिटमा ७ सिट नै गुमाएर शून्य बनाएको छ

-राजपाले दुई सिटमा दुवै जोगायो

-समाजवादीले एकमा एकै गुमायो

नेकपाबाट निर्वाचित

प्रदेश १ : इन्दिरा गौतम, गोपी अछामी, देवेन्द्र दाहाल 

प्रदेश २ : तुलसाकुमारी दाहाल, राधेश्याम पासवान

बागमती : गंगाकुमारी बेलवासे, वेदुराम भुसाल 

गण्डकी : भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ 

प्रदेश ५ : जगप्रसाद शर्मा, विमला घिमिरे, गोपाल भट्टराई 

कर्णाली : मायाप्रसाद आचार्य, सुमित्रा बिसी 

सुदूरपश्चिम : शारदा भट्ट, तारामान स्वाँर 

राजपाबाट निर्वाचित

प्रदेश २ : शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव 

कहाँबाट को निर्वाचित ?

प्रदेश १

महिलातर्फ :
इन्दिरा गौतम (नेकपा) : ६४२६ (विजयी)
मीना पुलामीमगर (कांग्रेस) : २६२२ 
कमला बडही (समाजवादी) : २६४ 

दलिततर्फ :
गोपीबहादुर अछामी (नेकपा) : ६३३० (विजयी) 
निरबहादुर विश्वकर्मा (कांग्रेस) : २७१८
ज्ञानकुमार परियार (समाजवादी) : २६४ 

अन्यतर्फ : 
देवेन्द्र दाहाल (नेकपा) : ६२३४ (विजयी)
राजेन्द्रकुमार घिमिरे (कांग्रेस) : २६६६ 
भरतराज दाहाल (समाजवादी) : २६४ 

प्रदेश २

महिलातर्फ :
तुलसाकुमारी दाहाल (नेकपा) : ७७१६ (विजयी)
नगिना यादव (समाजवादी) : ७१४० 

दलिततर्फ : 
राधेश्याम पासवान (नेकपा) : ५०९२ (विजयी)
रामप्रीत पासवान (समाजवादी) : ४७०४ 

अपांगता भएको व्यक्ति वा अल्पसंख्यकतर्फ
शेखरकुमार सिंह (राजपा) : ५५०२ (विजयी) 
भोला पंजियार (कांग्रेस) : ४५१२ 

अन्यतर्फ
मृगेन्द्रकुमार सिंह (राजपा) : ५४०० (विजयी) 
अनिरुद्रसिंह यादव (कांग्रेस) : ४५१२

बागमती प्रदेश

महिलातर्फ
गंगाकुमारी बेलवासे (नेकपा) : ६८२८ (विजयी) 
छलीकुमारी शर्मा (कांग्रेस) : २४७२ 
गीता काफ्ले (नेमकिपा) : १३२ 

अन्यतर्फ
बेदुराम भुसाल (नेकपा) : ६८१० (विजयी) 
हरिशरण श्रेष्ठ (कांग्रेस) : २४९० 
कृष्णबहादुर तामाङ (नेमकिपा) : १३२ 

गण्डकी प्रदेश

महिलातर्फ
भगवती न्यौपाने (नेकपा) : ३३६६ (विजयी)
विमला गौचन (कांग्रेस) : २३४०

अन्यतर्फ 
नारायणकाजी श्रेष्ठ (नेकपा) : ३४६२ (विजयी)
सूर्यप्रसाद रेग्मी (कांग्रेस) : २२४४ 
शंकरप्रसाद बराल (राजमो) : १९८ 

प्रदेश ५

अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ
जगप्रसाद शर्मा (नेकपा) : ५४२४ (विजयी)
मेराज अहम्मद हलवाई (कांग्रेस) : १९८६ 
सुनील सिंघल (समाजवादी) : ४२०

महिलातर्फ 
विमला घिमिरे (नेकपा) : ५७७८ (विजयी)
गिरिजादेवी न्यौपाने (कांग्रेस) : २१०० 

अन्यतर्फ 
गोपाल भट्टराई (नेकपा) : ५३८२ (विजयी)
बालकृष्ण पाण्डे (कांग्रेस) : २०५२
कृष्णप्रसाद यादव (समाजवादी) : ४४४ 
शिव पौडेल (राजमो) : १५६

कर्णाली प्रदेश
मायाप्रसाद आयार्य (नेकपा) : ३६४८ (विजयी) 
डिल्लीराम पाठक (कांग्रेस) : १०२६ 

महिलातर्फ 
सुमित्रा बिसी (नेकपा) : ३६८४ (विजयी)
गणेशकुमारी बस्नेत (कांग्रेस) : १०२६

सुदूरपश्चिम प्रदेश

महिलातर्फ 
शारदा भट्ट (नेकपा) : ३७३८ (विजयी)
तुलसी देवकोटा (कांग्रेस) : १८५४ 

अन्यतर्फ 
तारामान स्वाँर (नेकपा) : ३७२० (विजयी) 
प्रताप ठगुन्ना (कांग्रेस) : १८७२