Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
२०७६ माघ ९ बिहीबार २१:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सीमा क्षेत्रमा सशस्त्रको आउट पोस्ट थपिने

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार २१:३४:००

गृहमन्त्री रामबहादुर थापाले दक्षिणतर्फको सीमा सुरक्षा मजबुत बनाउन गृहकार्य भइरहेको बताएका छन् ।

सशस्त्र प्रहरी बलको १९औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी मुख्यालय हलचोकमा  आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सीमा सुरक्षाका लागि स्थापना गरिएका बिओपी (बोडर्र आउट पोष्ट)लाई थप सुविधासम्पन्न बनाउने तयारी भइरहेको बताए । उनले सीमा अतिक्रमण, चोरी तस्करी र आपराधिक गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको आउट पोस्ट थप्ने गृहकार्य पनि भइरहेको बताए ।

सशस्त्र प्रहरी बल केन्द्रीय सरकारको भरपर्दो र प्रभावकारी सुरक्षा निकाय रहेको भन्दै गृहमन्त्री थापाले सीमा सुरक्षा, औद्योगिक प्रतिष्ठानहरूको सुरक्षा तथा पुरातात्विक सम्पदाको संरक्षणमा सशस्त्रको भूमिका प्रसंशायोग्य रहेको बताए । उनले संखुवासभाको नेपाल–चीन नाका किमाथांकामा बिओपी स्थापना भइसकेको भन्दै उत्तरतर्फ पनि सुरक्षा संवेदनशिलता हेरेर क्रमशः बिओपी स्थापना गरिने बताए ।

गृहमन्त्री थापाले साधन स्रोतको उचित व्यवस्थापन गरेर सशस्त्र प्रहरी बललाई सवल र नतिजामुखी संगठनका रूपमा विकास गर्ने मन्त्रालयको योजना रहेको बताए । उनले सुरक्षा मजबुत बनाउन सशस्त्र प्रहरीलाई कार्यप्रकृति सुहाउँदो अत्याधुनिक हतियार र प्रविधियुक्त बनाइने बताए । कार्यक्रममा सशस्त्रका पूर्वनायब महानिरीक्षक माधव थापालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । त्यस्तै छिन्नमस्ता २ नम्बर बाहिनी महोत्तरीलाई  उत्कृष्ट बाहिनीको उपाधि प्रदान गरिएको थियोे ।