१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ ९ बिहीबार १९:५८:००
Read Time : < 1 मिनेट
समाचार

पौने चार करोडमा रोल्पामा नयाँ प्रहरी भवन

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १९:५८:००

जिल्ला प्रहरी कार्यालय रोल्पामा नयाँ भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनको बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका हुन । 

१६ मंसिर २०७५ मा सम्झौता भइ ३ करोड ७५ लाख ५१ हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो । ६ हजार १ सय २४ वर्गफिट क्षेत्रफल रहेको कार्यालय भवनमा साना ठूला गरी १९ वटा कोठा रहेका छन् ।

प्रहरी भवन निर्माणको कार्यलाई अहिलेको नेतृत्वले विशेष महत्व दिएको प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बताए । काठमाडौंकै प्रहरी भवनहरु पनि अहिलेसम्म अस्तव्यस्त रहेको अवस्थामा आफूले विशेष पहल गरी निर्माण कार्यलाई अगाडि बढाएको उनले बताए । 

आधुनिक भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको सफलताकै कारण मुलुकमा अपराध घटेको बताए । अन्य देशको उदाहरण दिएर नेपाल प्रहरीको बदनाम गर्न खोज्ने मानसिकताबाट माथि उठ्न सबै पक्षलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले आग्रह गरे । नेपालको परिवेशअनुसार प्रहरी सक्षम भएको भन्दै उनले समुदाय–प्रहरी साझेदारी अभियानले अपराध रोक्न सहयोग पुगेको बताए ।

समुदायसँगको सहकार्यमै प्रहरीको सफलता हुने भएकाले हामी पनि बर्दीविनाका प्रहरी हौं भन्ने भावना हरेक नागरिकमा जागृत हुनुपर्ने खनालले बताए ।