१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार २०:००:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभा निर्वाचन : सुदूर पश्चिम प्रदेशमा नेकपाका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार २०:००:००

सुदूर पश्चिम प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार शारदा भट्ट विजयी भएकी छन् । महिलातर्फको उम्मेदवारमा उनी विजयी भएकी हुन् ।

भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले एक हजार आठ सय ५४ मत प्राप्त गरेकी छन् । देवकोटाले भन्दा भट्टले १ हजार ८ सय ८४ मतले विजयी भएकी हुन् । 

यस्तै अर्का उम्मेदवार नेकपाकै तारमान स्वार विजयी भएका छन् । उनले तीन हजार ७ सय २० मत प्राप्त गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रताप ठगुन्नाले एक हजार आठ सय ४२ मत प्राप्त गरे । ठगुन्नाले भन्दा स्वारले १ एक हजार ८ सय ७२ मत बढी ल्याएर विजयी भएका हुन् । निर्वाचनमा तीन मत बदर भएको मुख्य निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए । एक मत अर्को मतपेटिकामा खसेको र दुई मत बक्सभन्दा बाहिर मतदान गरेकाले बदर भएको हो ।