मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ९ बिहीबार १८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

सिद्धबाबालाई थुनामै राखेर पुर्पक्ष गर्न उच्च अदालतको आदेश

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १८:३०:००

तीन लाख रुपैयाँ धरौटीमा जिल्ला अदालत सुनसरीबाट पुर्पक्षका लागि थुनामुक्त भएका बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राखेर पुर्पक्ष गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

बिहीबार उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले धरौटीमा थुनामुक्त भएका गिरीलाई पुनः पक्राउ गरेर कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

बलात्कार आरोपमा सुनसरी जिल्ला अदालतले १४ पुसमा गिरीलाई ३ लाख धरौटीमा छाड्न गरेको आदेश बेरितको भएको भन्दै सरकारी वकिलको कार्यालय सुनसरीले पीडितको तर्फबाट गिरीलाई थुनामै राखेर पुर्पक्ष गर्न रितपूर्वको आदेश माग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएको थियो ।

बिहीबार उच्च अदालतमा भएको सुनवाईमा वादी पक्षबाट सुनसरी जिल्ला न्यायाधिवक्ता गोकुलप्रसाद निरौला, उच्च अदालत विराटनगरका सहन्यायाधिवक्ता राजकुमार थापा, उपन्यायाधिवक्ता राजकुमार वस्ती, न्यायाधिवक्ता रेवती पराजुलीसहित कानुन व्यावसायीहरू डिल्ली दाहाल र कोषराज न्यौपानेले बहस गरेका थिए । प्रतिवादी गिरीको तर्फबाट बहस गर्नेहरूमा अधिवक्ता कला त्रिताल, मोहन कोइराला, रुपेश कोइराला र दिपक खतिवडा थिए ।