मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ९ बिहीबार १८:२८:००
Read Time : < 1 मिनेट
समाचार

संसदीय प्रतिस्पर्धामा नारायणकाजीको पहिलो जीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ ९ बिहीबार १८:२८:००

संसदका लागि भएका दुई निर्वाचनमा पराजय भोगेका सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ तेस्रो प्रयासमा विजयी भएका छन् । राष्ट्रिय सभाका लागि गण्डकी प्रदेशको सिटमा भएको निर्वाचनमा श्रेष्ठ ३ हजार ४ सय ६२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत पाएका छन् । 

निर्वाचित श्रेष्ठ र पराजित रेग्मीबीचको मतान्तर १ हजार २ सय १८ मत रहेको छ । पहिलो पटक ०७० को संविधान सभा निर्वाचनमा मकवानपुर–२ बाट तत्कालीन एमाओवादीको तर्फबाट उम्मेदवार बनेका उनी पराजित भएका थिए । 

श्रेष्ठले प्रतिस्पर्धा गरेको ०७४ को दोस्रो निर्वाचनमा पनि उनलाई सफलता मिलेन । एमाले–माओवादी केन्द्रको साझा उम्मेदवार बनेका उनी कांग्रेसको समर्थन पाएका नयाँ शक्ति नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईबाट पराजित भएका थिए । २०६४–०६९ को पहिलो संविधान सभाको सदस्य बने पनि उनी २६ जना सिट संख्या रहेको मनोनित कोटाबाट संविधान सभामा पुगेका थिए । वालिग मताधिकारका आधारमा हुने निर्वाचनमा दुई-दुई पटक पराजित श्रेष्ठ तेस्रो पटक जनप्रतिनिधिहरुले गर्ने मतदानबाट राष्ट्रिय सभामा पुगेका छन् । 

गण्डकी प्रदेशबाटै महिलातर्फको सिटमा पनि नेकपाकै उम्मेदवार भगवती न्यौपाने विजयी भएकी छन् । ३ हजार ३ सय ६६ मतका साथ विजयी न्यौपानेले १ हजार २६ मतान्तरका साथ कांग्रेसकी विमला गौचनलाई पराजित गरेकी हुन् ।