मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ९ बिहीबार १७:५१:००
Read Time : > 1 मिनेट
समाचार

घरमुलीको मृत्यु परिवारको त्रिपालमुनी बास

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार १७:५१:००

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि सल्यान बागचौर नगरपालिका २ चिल्ढाका भिमबहादुर डाँगीको मृत्यु भएपछि उनका परिवारको विचल्लि भएको छ । १० वर्ष अघिदेखि पक्षघातबाट ग्रसित डाँगीको उपचारका क्रममा भारतमा निधन भएको हो । भारतमा मजदुरी गरेको ज्यालाबाट पाएको रकमले पतिको उपचारमा खर्च गरेको भए पनि रोग निको नभएको नभएको मृतककी पत्नी लाली डाँगीले बताइन् ।

उपचारमा पैसा नपुगेपछि परिवारसहित घर फक्रिने क्रममा पुष २४ गते पतिको बाटोमै मृत्यु भएको उनले बताइन् । 
घरमुलिको मृत्युभएपछि दुइ सन्तानसहित अहिले पीडित परिवार त्रिपालमुनी बस्न बाध्य भएका छन् । भएको सबै सम्पती उपचारका क्रममा सकिएपछि अहिले दुइ सन्तान संगै त्रिपाल मुनी बस्न बाध्य भएको पीडित लाली डाँगीले बताइन् ।

‘१० बर्ष अघि खरको घर थियो’ उनले भनिन् ‘पतिको उपचारको लागि सबै छोडेर भारत गयौं, उपचारमा पैसा नपुगेर उहाँको मृत्यु पनि भयो । अहिले यहाँ आएपछि घर पनि भत्किसक्यो, पैसा पनि छैन् त्यसैले त्रिपाल मुनी बस्न बाध्य छौं ।’

जाडोको समयमा न त ओढ्ने कपडा नै राम्रो छ न त खाने कुरा पर्याप्त मात्रामा । अहिले तीन जना सदस्यले कष्टकर जिवन बिताइरहेका छन् । पतिको किरिया गर्ने रकम समेत नहुँदा स्थानीयले सहयोग गरेको उनले बताइन् ।

यता नगरपालिकाले भने पीडित परिवारलाइ सहयोग गर्ने जनाएको छ ।नगर प्रमुख लोकमान बुढाथोकीले आफुलाइ यस विषयमा जानकारी भए लगतै प्रहरी र वडा अध्यक्षलाइ मुचुल्का उठाउन लगाएर क्षतिको यकिन विवरण संकलन गर्ने र परिवारको अवस्थाका बारेमा जानकारी लिन पठाएको बताए । 

उनले पीडित परिवार दशक अघि यस ठाउँलाइ छोडेर गएकाले घटनाबारे जानकारी ढिला प्राप्त भएको बताए । आर्थिक अवस्था कमजोर भएका पीडित परिवारले स्वदेश मै बस्न चाहेको खण्डमा जनता आवास कार्याक्रम मार्फत नगरपालिकाले बासस्थानको व्यवस्था गर्ने बुढाथोकीले प्रतिवद्धता व्यक्त गरे ।