मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ९ बिहीबार १७:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचन : गण्डकी प्रदेशबाट नेकपाका श्रेष्ठ र न्यौपाने विजयी 

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १७:५५:००

राष्ट्रिय सभा सदस्यको गण्डकी प्रदेशमा रिक्त रहेकाे दुई स्थानमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार विजयी भएका छन् । गण्डकीमा अन्य कोटातर्फ एक र महिला कोटातर्फ एक गरी दुई सदस्यका लागि बिहीबार निर्वाचन भएको थियो । नेकपाका प्रवक्तासमेत रहेका नरायणकाजी श्रेष्ठ (गोर्खा) र महिलातर्फ नेकपाकी भगवती न्यौपाने (तनहुँ ) विजयी भएका हुन् ।

दुई सदस्यका लागि भएको निर्वाचनमा पाँच जनाले उम्मेदवारी दिएका थिए । उनीहरुसँगै अन्यतर्फ नेपाली कांग्रेसका सूर्य प्रसाद रेग्मी (स्याङजा) र राष्ट्रिय जनमोर्चाका शंकरप्रसाद बराल (कास्की) र महिलातर्फ कांग्रेसकी विमला गौचन (म्याग्दी) उम्मेदवार थिए ।

निर्वाचनमा प्रदेश सभा सदस्य ६० जना, प्रदेशका ११ जिल्लामा रहेका ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना गरी दुई सय ३० जना मतदाता थिए । त्यसमध्ये २२८ मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । ५९ सदस्य राष्ट्रिय सभामा निर्वाचितहरुमध्ये एक तिहाई सदस्यको दुई वर्ष, एक तिहाई सदस्य चार वर्ष र एक तिहाईको ६ वर्ष कार्यकाल रहने व्यवस्था छ । 

५९ सदस्यमध्ये ५६ जना निर्वाचनमार्फत र तीन जना सरकारको शिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने व्यवस्था छ । १८ निर्वाचित र एक मनोनित गरी १९ जनाको दुई वर्षे पदावधि आउँदो २० फागुनमा समाप्त हुँदैछ ।