१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ९ बिहीबार १७:२१:००
Read Time : < 1 मिनेट
अर्थ

दुई कम्पनीको नगद लाभांश सेयरधनीको बैंक खातामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ९ बिहीबार १७:२१:००

दुई कम्पनीले साधारण सभाद्वारा पारित भएको लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेका छन् ।

युनाइटेड फाइनान्स कम्पनीको २५ औं सभाले पारित गरेको प्रतिकित्ता ७ दशमलव ५२ का दरले नगद लाभांश माघ १० गते आइतबार जम्मा गर्न सुरु गरेको छ ।

त्यसैगरी, नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३३ औं वार्षिक सभाले पारित गरेको ८ दशमलव ५ प्रतिशत नगद लाभांश २४ पुससम्म डिम्याट खातामा भएको बैंक खाता अद्यावधिक गराएकको हकमा गरेको छ । यि दुई कम्पनीले डिम्याट खातामा उल्लेख भएको बैंक खातामा उक्त रकम जम्मा गरेको हो ।

हालसम्म बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुले अद्यावधिक गराउन कम्पनीले आग्रह गरेको छ । बैंक खातामा अद्यावधिक भएपछि मात्र नगद जम्मा हुने सूचना पनि कम्पनीले दिएका छन् ।