मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ९ बिहीबार १६:४९:००
Read Time : < 1 मिनेट
सप्तरंग

फ्यानको डिमाण्डलाई बुझेर जसितालाई छानेको हुँ : अभिनेता केसी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ९ बिहीबार १६:४९:००

चर्चित अभिनेता भुवनले केसी आफ्नै होम प्रोडक्सन ‘सुपर काजल फिल्मस्’मार्फत बन्न लागेको फिल्म ‘एन्टी हिरो’मा अभिनेत्री जसिता गुरुङलाई अनुबन्धित गरेका छन् । फिल्मका निर्मातासमेत रहेका केसीले फिल्ममा गुरुङ र अनमोल केसीको लिड रोल रहेको बताएका छन् । 

झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’पछि अनमोलले वैशाख ०७७ बाट ‘एन्टी हिरो’को अभिनय थाल्ने बताइएको छ । आगामी १ वैशाखदेखि फिल्मको छायाँकन हुने बताइएको छ । फिल्ममा आफ्नो पनि मुख्य भूमिका रहने केसीले बताए ।

‘निर्देशक को हो ? भन्ने टुंगो लागेको छैन । फिल्मको कथामा जसिताको रोल फिट हुने भएर मैले उनलाई लिएको हुँ,’ केसीले भने, ‘दर्शकहरूकै चाहनाअनुरूप यो फिल्ममा जसितालाई छानेँ ।’ प्रदीप खड्का अभिनित फिल्म ‘लिलीबिली’बाट जसिताले अभिनयमा डेब्यु गरेकी हुन् ।