१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ ९ बिहीबार १६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अदालतमा सुनवाइ हुँदै गर्दा बलात्कार आरोपी सिद्धबाबा भनिने गिरी सुटुक्क भारततिर

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १६:२८:००

बलात्कार आरोपमा तीन लाख रुपैयाँ धरौटीमा थुनामुक्त्त भएका अभियुक्त्त सिद्धबाबा भनिने कृष्णदास गिरी उच्च अदालतमा पेसी तोकिएकै दिन भारत लागेका छन् । बिहीबार उच्च अदालत विराटनगरमा तोकिएको पेसीमा सुनवाइ भइरहेकै समयमा दिउँसो उनी उपचारको बहानामा जोगबनीको बाटो हुँदै भारततर्फ लागेका हुन् ।

विराटनगरको मुनालपथस्थित विराट नर्सिङ होममा थप उपचारका लागि भन्दै बिहीबार बिहान ९ बजे गिरी सुनसरीको चतरास्थित आश्रमबाट निस्किएका थिए । उनी विराटनगर आएपछि आफूले सुरक्षाका लागि लिएको नेपाल प्रहरीको पिएसओलाई नेपालमै छाडेर भारत गएका थिए । उनीविरुद्ध परेको निवेदन उपर उच्च अदालत विराटनगरमा बिहीबार मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा अन्तिम सुनवाइ भइरहेको छ ।

धेरैले जिल्ला अदालत सुनसरीले गरेको तीन लाख रुपैयाँ धरौटीमा थुनामुक्त्त हुने आदेशलाई उच्चले उल्टाइदिने भयले बाबा भारततर्फ भागेको चर्चा गरेका छन् । सुनसरी बराहक्षेत्र २ चतराधामस्थित रामानन्द आचार्य सेवापिठका अध्यक्ष गणेश विरहीका अनुसार व्याथाले च्यापेपछि गिरी विराट नर्सिङ होमकै सिफारिसमा भारतमा उपचार गराउन गएका हुन् । उनले भने, ‘बाबा भागेको भन्ने हल्ला निराधार हो, डाक्टरकै सिफारिसमा केही दिनका लागि उपचार गराउन जानुभएको हो ।’

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित आश्रममा बोलाएर आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा गिरी पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रतीको इजलासले १४ पुसमा तीन लाख रुपैयाँ धरौटीमा थुनामुक्त्त गरेको थियो ।