मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ९ बिहीबार १५:१६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कोरोनाको संक्रमण रोक्न के छ नेपालको तयारी ?

Read Time : > 1 मिनेट
२०७६ माघ ९ बिहीबार १५:१६:००

गत सातादेखि चीनको वुहान सहरमा फेला परेको कोरोना भाइरसको संक्रमणले  महामारीको रुप लिंदै छ । भाइरसका कारण अहिलेसम्म १७ जनाको ज्यान गएको छ । भने ५ सयभन्दा बढी बढी संक्रमित बनेका छन् । सहालसम्म विश्वका ६ देशमा यो भाइरसको संक्रमण देखिएको छ । संक्रमण फैलन नदिन वहानमा सार्वजनिक यातायात बन्द गरिएको छ । सरकारले सर्वसाधारणलाई उच्च सर्तकता अपनाउन सचेत गराइरहेको छ । 

यसै सम्बन्धमा नेपालले घोषणाको पर्यटन वर्षका अवसरमा भ्रमणमा आउने पर्यटकलाई लक्षित स्वास्थ्य चेकजाँचको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा.शेरबहादुर पुन बताए । 

राष्ट्रिय जनसंख्या प्रयोगशालाका अनुसार नेपालमै यो भाइरसबाट शंकास्पद मानिएका बिरामीको नमुना परीक्षण गर्न सकिने प्रविधि तयारी अवस्थामा  छ । यो प्रविधिका लागि आवश्यक रसायन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को समन्वयमा भित्र्याउन लागिएको छ । डब्ल्एचओले विश्वभरि नै सजगता अपनाउन आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता गम्भीर रोग निम्त्याउने भाइरसहरूको ठूलो समूहमध्येको एक हो । 

नयाँ प्रकारको कोरोना भाइरस यसअघि मानवमा पहिचान गरिएको थिएन । यो जुनोटिक अर्थात् जनावर र मानिसबीच सर्ने भाइरस हो । पहिचान भएका थुप्रै प्रकारका कोरोना भाइरस जनावरहरूमा देखिएपनि सबै भाइरसले मानिसमा संक्रमण फैलाएका छैनन् ।

के हो कोरोना भाइरस ?

यो जनावरबाट सर्ने एक प्रकारको भाइरस हो । नयाँ भाइरस सुरुबाट सर्पबाट मानिसमा सरेको थियो । संक्रमण फैलिएपछि मानिसबाट मानिसमा सरेको पनि पुष्टि भएको छ । अहिले संक्रमण फैलिएको भाइरस कोरोना समूहका अन्य भाइरससँग नमिल्ने भएकाले यसलाई २०१९ नोभेल कोरोना भाइरस नाम दिइएको छ । यसबारे अनुसन्धान जारी छ । 

लक्षण

  • ज्वरो आउनु र खोकी लाग्नु,
  • छिटोछिटो सास फेर्नु,
  • श्वासप्रश्वासमा कठिनाइ हुनु,
  • गम्भीर भएमा निमोनिया हुनु,
  • सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुनु,
  • मिर्गौलाले काम गर्न छोड्छ र मानिसको मृत्यु  हुन सक्छ 

बच्ने उपाय

  • नियमित रूपमा हात सफा गर्ने,
  • खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने,
  • मासु र अण्डा राम्रोसँग पकाएर खाने,
  • कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने,
  • पशुपन्छी तथा जनावरबाट टाढा रहने