मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ ९ बिहीबार १५:२४:००
Read Time : < 1 मिनेट
समाचार

हिमपातले तीन सातादेखि सडक अवरुद्ध

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १५:२४:००

भारी हिमपातले बेसीशहरदेखि मनाङको चामेम्मको सडक अवरुद्ध बनेको छ । मनाङमा गत पुस १७ गतेदेखि परेको हिमपातले सडकमा हिउँ जमेकाले हिउँ पन्छाउन नसक्दा सडक अवरुद्ध बनेको हो । 

हिउँ जमेकाले तल्लो मनाङको दानाक्यूबाट चामे र माथिल्लो मनाङसम्म सवारी गुड्न सकेको छैन । सडकमा सवारी गुड्न नसकेपछि स्थानियलाई आवतजावतमा समस्या परेको छ । हिमपातले चक्रिय अन्नपूर्ण पदमार्ग र सडक बन्द भएको मनाङ पिसाङका छिरिङ गुरुङले बताए । मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद आचार्यका अनुसार हिमपातपछि जनजीवन प्रभावित बनेको छ । ‘सडकमा हिउँ जमेको छ ।’ उनले भने ‘तीन साता यता यातायात सेवा अवरुद्ध छ । सवारीसाधन गुड्न नसकेपछि खाद्यान्न, निर्माण सामाग्री लगायतको ढुवानी हुन सकेको छैन ।’

मनाङमा पुस १७ देखि सवारी आवागमन ठप्प भएको सहायक प्रजिअ आचार्यले बताए । उनले भने ‘दानाक्युदेखि माथिल्लो क्षेत्रको सडक तथा पदमार्गमा हिउँ जमेको छ सवारी आवतजावत ठप्प छ ।’ सडक खुलाउन पहल भईरहेको सहायक प्रजिअ आचार्यले बताए । 

मनाङको माथिल्लो मनाङ क्षेत्रमा गत मंसिर २७ देखि हिमपात भएकोमा चामेदेखि सवारीसाधन माथिल्लो मनाङ जान सकेका छैनन । करीब डेढ महिनादेखि माथिल्लो क्षेत्रमा ढुवानी ठप्प छ । मनाङस्थित सशस्त्र प्रहरी बल ३२ नम्बर गुल्मका डीएसपी रमेश भुवाजीका अनुसार चामेदेखि तिमाङसम्मका सडक पूरै हिउँले ढाकेको छ । सडकमा हिँड्न सक्ने अवस्था छैन । सवारीसाधन तत्काल गुड्न सक्ने अवस्था पनि छैन । गाडी नचल्दा मनाङ ङिस्याङ, चामे र नार्पाभूमि गाउँपालिकाका बासिन्दाको दैनिकी कठिन भएको छ ।

चामेकी विष्णु गुरुङले हिउँदका लागि भनेर खाद्यान्न ल्याएर राखेकाले सोही खाद्यान्न खाएर बसेको जानकारी दिईन ।