मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ ९ बिहीबार १४:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

अंग्रेजी सिकाउने नाममा नेपाली कमजोर नबनाउँ : मन्त्री पोखरेल 

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १४:५५:००

अंग्रेजी सिकाउने नाममा नेपाली भाषालाई कमजोर नबनाउन शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयका संचालकलाई आग्रह गरेका छन् । 

निजी तथा आवासीय विद्यालयको छाता संगठन (प्याप्सन) र सीटिएफ नेपालको सह-आयोजनामा सुरु भएको दुई दिने ‘विद्यालय शिक्षा’ को राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले निजी विद्यालयमा भएको गलत अभ्यास औल्याएका हुन् ।

मन्त्री पोखरेलले निजी विद्यालयले नेपाली भाषा बेल्ने विद्यार्थीलाई दण्डित गर्ने गरेका आफुलाई सुन्नमा आएको बताए । उनले भने, ‘यस्तो कुरालाई जसरी पनि रोक्नु पर्छ । अंग्रेजी सिकाऊ तर नेपाली कमजोर बनाउन पाइदैन ।’  

मन्त्री पोखरेलले कला सांस्कृतिक साहित्यलगायतका पहिचामूलक विषयलाई नेपाली भाषामा पढाउन उपयुक्त हुने बताए । उनले न्यूनतम पुर्वाधार र मापदण्ड नपु-याएका निजी विद्यालयलाई मर्ज गरेर सञ्चालन गर्न सुझाव दिए । 

उपप्रधानमन्त्री तथा रक्षा इश्वर पोखरेलले विद्यालय जानबाट बन्चित भएका बालबालिकालाई विद्यालय पु-याउन र टिकाउन आवश्यक रहेको औल्याए । उपप्रधानमन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रलाई व्यवस्थित गर्न राष्ट्रिय शिक्षा नीति ०७६ लागु भएको जनाउँदै, निजी क्षेत्रका चिन्ता र चासो सम्बोधन हुने बताए । 

सम्मेलनमा विद्यालयहरुले प्रदान गर्ने शिक्षा, प्रस्तुत गर्ने तरिका विद्यालय संचालन गर्दा आइपर्ने समस्या र समाधान विषयमा छलफल हुने प्याप्सनका प्रवक्ता कुमार घिमिरेले बताए  । सम्मेलन माघ १० सम्म चल्ने छ ।