१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७६ माघ ९ बिहीबार १४:१८:००
Read Time : < 1 मिनेट
अर्थ

विद्युत प्राधिकरण जुम्लामा

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १४:१८:००

जुम्लामा नेपाल विद्युतत प्राधिकरणले शाखा कार्यालय स्थापना गरेको छ । जुम्लामा नेपाल विद्युत प्राधिकरणले आफ्नो कार्यालय स्थापना गरेपछि साना जलविद्युत उपभोक्ता समितिले सञ्चालन गरिहेको बिजुली अव विद्युत प्राधिकरणले जिम्मा लिने तयारी समेत भईरहेको प्राधिकरणले जनाएको छ  । 

प्राधिकरणले जुम्लामा ३३ केभीको राष्ट्रिय प्रसारणलाईन जोड्ने र जुम्लामा उत्पादित विजुलीलाई समेत एकीकृत रुपमा संचालन गरि विजुलीको पर्याप्त आपूर्तिका लागि कार्यालय स्थापना गरेको इन्जिनियर हेमन्त साउथले जानकारी दिए । उनका अनुसार नवस्थापित कार्यालयले आफनो काम शूरु समेत गरिसकेको छ । तर औपचारिक उद्घाटन भने हुन बाँकी रहेको छ ।  

कार्यालय प्रमुख गौरब पाण्डे सहित ११ जनाको कर्मचारी टोली जुम्लामा खटिएका छन् । प्राधिकरणले यस अघि ३३ केभीको लाईन दैलेख कालिकोट हुदै जुम्ला पुर्याउनका लागि अघिल्लो बर्ष नै टेण्डर गरिसकेको छ । 

राष्ट्रिय ग्रिड जुम्लामा पुर्याउने लक्ष्य र अन्य प्राधिकरणका कामहरु अगाडि बढ्ने कार्यालय प्रमुख पाण्डेले बताए । अहिलेसम्म धानिरहेको जुम्लाको साना जलविधुत उपभोक्ता समितिको विद्युत प्राधिकरणले जिम्मा लिनको लागि विद्युत प्राधिकरण कर्णाली प्रदेशका कार्यालयका प्रमुख सुरेन्द्र अग्रक सहितको ५ सदस्यिय समिति गठन गरिएको प्राधिकरणले जनाएको छ । कार्यालय स्थापना भईसक्यो तर सदरमुकाम खलङ्गास्थित साना जलविद्युत उपभोक्ता समितिसँग हिसाव किताव  र ग्राहकको अवस्थाको वारेमा बुझ्बुझारत गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ । 

जुम्लामा बि.सं २०४० सालमा विद्युत प्राधिकरणले स्थापना गरेको २ सय १ किलोवाटको लद्युजलविद्युत आयोजना प्राधिकरणले साना जलविधुत उपभोक्ता समितिलाई संचालन गर्न जिम्मा दिएको थियो । ग्राहक बढ्दै जाँदा र आपूर्ति भएको विजुलीले माग धान्न नसक्दा विद्युत आपूर्तिमा अपुग हुँदै आएको छ ।